• २०७९ साउन २४ गते मङ्गलवार
  • Preeti To Unicode

नेकपा विप्लबको १ दिनको बन्द दाङको भालुवाङ्गमा यस्तो देखियो


(सागर थापा) दाङ । नेपाल कम्युनिष्ट पाटी नेकपा नेत्र विक्रम चन्द विप्लब नेतृत्वले मंगलबार एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले आज देशभर नेपाल बन्द आह्वान गरेको हो ।

सरकारले जनता माथि निरन्तर थुपारेको महंगी र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्तरगत मंगलबार नेपाल बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ । पाटीको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि आज बन्द गरिएकोे जिल्ला सेक्रटरी प्रदिप वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म अति आबश्यक सेवा पानी बोक्ने गाडी, दूध बोक्ने गाडी, एम्बुलेम्स, प्रेस, कुटनितिक निकायहरु बाहेक सम्पुर्ण क्षेत्र बन्द हुने छन् । यसैगरी बन्दको प्रभाव कम गर्न ठाउँ,ठाउँमा प्रहरी परिचालन गरिएको छ । चोक,चोकमा प्रहरीको उपस्थिति छ । जिल्ला प्रहरी कार्यालय दाङले फाट्ट,फुट्ट सार्वजनिक गाडी तथा अटो रिक्साहरु चलिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार