• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

तिम्रै यादमा


लेखनाथ वली । प्रेम शव्दमा नै कति प्रेमिल छ।यो शव्दसंग जोडिने मान्छे झन कति प्रेमिल होलान।प्रेम धेरैलाइ गरिन्छ।चाहे त्यो आमाबुबा दाजुभाइ दिदिबहिनी साथी अझ विशेष भनौ त प्रेमिका …..
सानी तिमी प्रेमिका हौ कि साथी त्यो थाहा छैन तर कहानी प्रेमिका भन्दा कम छैन।सानी तिम्रो र मेरो कहानी कहाँबाट सुरु गरौ अन्योलमा छु।मनमा धेरै कुरा खेलिरहे पनि सुरु कहाँबाट गर्ने निकै गार्‍हो भैरहेको छ।

सानी अपरिचितबाट सुरु भएको हाम्रो सम्बन्ध दोबाटोमा आएर अडिएको छ।जुन बाटो जादापनी दुर्घटना हुने निश्चित छ।परिस्थितिलाई हेरेर अहिले अगाडि बढ्नु उचित छैन।समय न हो उचित समय आउला अनि हामिलाइ सहज लाग्ने बाटोको यात्रा तय गरि गन्तव्यमा पुग्ने प्रयास गरौंला।जटिलता असहजता समस्या चुनौती सामना गर्नु छ।धैर्य गर्न जरुर छ।

माया पनि कति अजिबको है।नचिन्दा सम्म वास्ता नहुने बिस्तारै हरेक परिस्थितिलाई संगै सामना गर्न तयार हुनु पर्ने…
अपरिचित थियौ परिचित भयौं,अहिले आएर छुट्न नसक्नेसम्म्को परिस्थितिमा पुग्यौं।सायद तिमिलाइ पनि हामी यहाँसम्म पुग्छौं जस्तो पक्कै लागेको थिएन होला।

सानी यी कान तिम्रो स्वर सुन्न आतुर छन।तिम्रो त्यो आवाजमा खै के छ त्यस्तो जो सुन्न मेरो कान आत्तिरहेका छन।हरेक पल तिमिसङ बिताएको पलहरुले मलाइ जिस्काइरहेका छ्न।फेरि त्यस्तै मिठा पलहरुको प्रतीक्षा गरेर तिम्रो प्रतीक्षामा मेरा आँखा बस्नेछ्न।थाक्नेछैन्न मेरो आँखा बिचल्ली हुनेछैन मेरो मन ……

दोबाटोमा छोडेर गएको छौ सानी गन्तव्य पुग्छु कि त्यहीँ कतै रुमल्नुछु त्यो सबै जिम्मा तिमिलाइ दिएको छु।मलाइ लाग्थ्यो मैले हरेक परिस्थितिलाई सहजै रुपमा लिन सक्छु जस्तो ।तर म भ्रम रहेछु सानी यो परिस्थितिलाई सहज रुपमा लिन मलाइ निकै अप्ठ्यारो भैरहेको छ,खुशी उमंग भोक निद्रा प्यासले मलाइ साथ दिन मानिरहेका छैनन्।केवल यी भौतिक बस्तुले साथ दिनलाइ यो मनले तिम्रो साथ खोजिरहेको छ।जुनकुरामा पनि जबर्जस्त लाद्नु दीर्घकालीन रुपमा घातक हुने गर्छ।त्यसैले मैले तिमिलाई जे गर्दा सहज हुन्छ त्यही कुरा गर्न मेरो मुटुलाइ कसिलो गाठो पारेर निर्णय सुन्न आत्तुर छु।

समय धेरै लामो पक्कै होइन।तर त्यो समयमा बितेका पलहरु निकै लामा अनि अविस्मरणीय छ्न।ती बातहरु,त्यो तिम्रो जिद्दी गर्ने बानी,त्यो तिम्रो बच्चाले जस्तो गर्ने व्यवहार यि यस्ता धेरै कुरा छ्न।घन्टौं गरेरका ती बातहरुमा मिसिएको माया अनि त्यो ख्याल भुल्न सकिने कुरै भएन।धेरै सपनाहरु सच्चिएका छ्न,पूरा हुन्छ्न कि अधुरा अनि अपुरा हुन्छ्न त्यो त समय बित्दै जादा थाहा होला।सपनाको घरलाइ पक्कै बन्नेछ।

हामी यात्री हौ यात्रा गर्न धेरै बाकी छ।यात्रामा आउने असहजतालाइ सहज बनाउदै अगाडि बढन चुनौती छ्न ती चुनौती सामना गर्दै अगाडि बढ्नु पर्ने छ।त्यसमा तिम्रो साथ पक्कै आशामा छु।यात्रा गन्तव्यमा पुग्छ कि यहि अन्त्य हुन्छ।……….हेरौ

साथ हौसला माया केही कुराको कमि थिएन र हुदैन पनि यसमा ढुक्क हुन्नु।म एक यात्री हु सहयात्रीलाई त्यही तिमिले छोडेको दोबाटोमा प्रतीक्षा गर्दै बस्ने छु।आउनु है……….

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार