• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस सल्यानकाे निर्वाचन : कसकाे शक्ति कति ?


खकेन्द्र केसी

मंसिर ५, सल्यान ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सल्यानमा साेमबार निर्वाचन हुँदैछ । पालिका र प्रदेश सभा क्षेत्रकाे निर्वाचन सकिएपछि जिल्ला कार्यसमितिकाे लागि आइतबार उमेदवारहरुले मनाेनयन दर्ता गराएका छन् ।

जिल्लामा दुइ वटा टिम भएर चुनावी मैदानमा छन् । जिल्ला सभापतिका उमेद्वार धुर्वराज पुरी र केश बहादुर विष्टकाे दुइ टिम चुनावी मैदानमा छ ।

हालसम्म भएकाे चुनावमा १० वटा पालिका मध्ये पुरी टिमले ५ र विष्ट टिमले ५ गरी बराबर पालिका जितेका छन् । तर जिल्लाकाे दुइवटै क्षेत्रीय सभापतिमा भने पुरी टिमले जितेकाे छ ।

पालिका र क्षेत्रकाे मतमा एउटा प्यानल सिंगाे जित्ने र अर्काे प्यानल सिंगाे हारेकाे देखिएकाे छ । पालिका र क्षेत्रकाे निर्वाचन सकिएपछि सबैकाे ध्यान अहिले जिल्लातिर छ ।

कसकाे शक्ती कति ?

धुर्वराज पुरी

धुर्बराज पुरी नेपाली कांग्रेस सल्यानका प्रभाबशाली नेता हुन । लामो समयदेखि राजनीतीमा रहेका उनी जिल्लाको चार प्रमुख नेता मध्यका एक हुन । सल्यानमा कांग्रेसका चार प्रमुख नेतामा राजेन्द्र बहादुर शाह, डिल्ली राज रेग्मी, धुर्वराज पुरी र गणेश चन्दलाइ चिनिन्छ ।

शेरबहादुर देउवा निकट मानिने धुर्वराज पुरी केन्द्रमा देउवाले गिरीजाप्रसाद काेइराला सँग पार्टी फुटाउँदा सल्यान जिल्ला सभापती समेत बनेका थिए ।

पुरीले जिल्ला विकास समिती सल्यानको सभापतीको भुमिकामा समेत काम गरि सकेका छ्न । उनि २ पटक संविधानसभा सदस्यको टिकट पाएपनि जित्न सकेका थिएनन् ।

पुरी देउवा निकट भएपनि उनलाइ सल्यानमा रामचन्द्र पौडेल खेमाकाे टिमकाे साथ छ । पाैडेल टिमका डिल्ली राज रेग्मी र गणेश चन्दले पुरीलाइ याे निर्वाचनमा साथ दिएका छन् । रेग्मी र चन्द २०४९ देखि हालसम्म सल्यान कांग्रेसकाे नेतृत्वमा छन् ।

याे हिसाबले पनि पाैडेल खेमाका यी दुइकाे साथ पुरीका लागि बलियाे छ । तर पुरीका लागि भने देउवा पक्षका थाेरै नेताहरु मात्रै छन् ।

उनिसँग उपसभापतिमा चक्र देवकाेटा र डिल्ली बहादुर बुढाथाेकी, सचिवमा प्रकाश भण्डारी र लाेकराज आचार्य, सहसचिवमा जनकराज गाैतम र पदम बहादुर बुढाथाेकी छन् ।

केश बहादुर बिष्ट

केशबहादुर बिष्ट २०४१ सालदेखी नेपाली कांग्रेसकाे राजनितिमा सक्रिय छ्न । २०४१ सालमा नेपाल बिद्यार्थी संघ ‘ल’ क्याम्पको एकाई सदस्य भएका बिष्ट २०४७ मा नेपाल शिक्षक संघ सल्यानको संस्थापक सदस्य बने। २०४८ मा शिक्षक संघको केन्द्रीय प्रतिनिधि बनेका बिष्ट २०५०-०५७ सम्म शिक्षक संघ सल्यानको सचिब बने भने २०५७ देखि ०६१ सम्म जिल्ला अध्यक्ष बने ।

बिष्ट २०६२ सालमा ११ औं महाधिवेशनबाट पार्टीको क्षेत्रीय सभापति हुँदै २०६७ मा १२ औं महाधिवेशनबाट जिल्ला उपसभापति भए ।

विष्ट १३ औं महाधिवेशनमा जिल्ला सभापतिकाे उमेद्वार भइ पराजित भएका थिए । यसपटककाे १४ औं महधिवेशनमा पनि फेरि उनि सभापतिकाे उमेदवार छन् ।

हाल जिल्ला समन्वय समिति सल्यानकाे प्रमुख रहेका विष्ट सल्यानका कांग्रेसकाे बलियाे खेमा भित्रकाे नेतामा पर्छन् । जिल्लाका चार प्रमुख नेता मध्येका राजेन्द्र बहादुर शाहकाे साथ विष्टलाइ छ ।

शाहले पनि आफ्नाे उत्तराधिकारीकाे रुपमा विष्टलाइ लिने गर्छन् । विष्टकाे पुरै प्यानल देउवा खेमाकाे हाे ।

अघिल्लाे चुनावमा हालका सभापती गणेश चन्द सँग थाेरै मतले पराजित भएका विष्टलाइ याे पटक भने अन्य थप नेताहरुकाे साथ छ । अघिल्लाे पटककाे टिम र याे पटककाे टिम केहि परिवर्तन भएकाे छ ।

अघिल्लाे पटक गणेश चन्दलाइ साथ दिएका केहि नेताहरु अहिले विष्टकाे टिममा छन् । यसले गर्दा विष्टलाइ पनि बलियाेकाे रुपमा लिन सकिन्छ । तर दुइवटै क्षेत्रिय चुनावमा भने केहि मतकाे फरकले विष्टकाे टिमले हार बेहाेरेपछि उनलाइ चुनाैती बनेकाे देखिन्छ ।

उनिसँग उपसभापतिमा सन्ताेष केसी र गाेपाल बुढाथाेकी, सचिवमा एकराज बुढाथाेकी र डिल्ली प्रसाद जैशी, सहसचिवमा बुद्धि प्रकाश हमाल र खिम बहादुर रावत छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार