• २०७९ साउन २४ गते मङ्गलवार
  • Preeti To Unicode

यी हुन् सल्यानमा जितेका कांग्रेसका पदाधिकारी (मत संख्या सहित)


मंसिर ७, सल्यान ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत सल्यानमा दुइवटा टिम बनेर लडेकाे चुनावमा पदाधिकारीमा एउटा टिमबाट ४ जना र एउटाबाट ३ जना विजय भएका छन् ।

सभापतिमा केश बहादुर विष्ट सहित उनकाे टिमबाट एकजना उपसभापति सन्ताेष केसी र सचिव एकराज बुढाथाेकी विजय बनेका छन् ।

त्यस्तै अर्का सभापतिका उमेद्वार धुर्वराज पुरी भने ५ मतले पराजय बनेका छन् । तर उनकाे टिमबाट उपसभापति चक्र बहादुर देवकाेटा, सचिव प्रकाश भण्डारी, सहसचिव जनकराज गाैतम र पदम बहादुर बुढाथाेकीले जितेका छन् ।

सपभापतिमा जितेका विष्टले ६१२ मत ल्याएका भने पराजित बनेका पुरीले ६०७ मत ल्याए ।  त्यस्तै उपसभापतिमा सन्तोष केसीले ६२८ र चक्र बहादुर देवकोटाले ५९६ मत ल्याएर विजयी बने भने  डिल्लि बहादुर बुढाथोकीले ५६३ र गोपाल बुढाथोकीले ५०७ मत ल्याएर पराजित बने ।

सचिवमा प्रकाश भण्डारीले ७०३ र एक राज बुढाथोकीले ५५९ मत ल्याएर विजयी बने भने दिल्ली प्रसाद जैसीले ५३१ र लोक राज आचार्यले ४९७ मत ल्याएर पराजित बने । सह-सचिबमा जनक राज गौतमले ६३४ र पदम बहादुर बुढाथोकीले ५७५ मत ल्याएर विजयी बने भने बुद्धि प्रकाश हमालले ५६४ र खिम बहादुर रावतले ५६९ मत ल्याएर पराजित बने ।

दुइ टिम बनेर चुनाव लडेकाे सल्यानमा धुर्वराज पुरीलाइ पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी र जिल्ला सभापति गणेश चन्दले साथ दिएका थिए । विष्टकाे टिमलाइ भने नेता राजेन्द्र बहादुर शाहकाे साथ थियाे ।

विजय बनेका विष्ट र पराजित बनेका पुरी दुवै शेर बहादुर देउवा निकटका नेता हुन । पुरीलाइ भने जिल्लामा रामचन्द्र पाैडेल पक्ष समुहकाे साथ थियाे ।

अहिले अन्य जिल्ला कार्यसमिति सदस्य र संघिय महाधिवेशन प्रतिनिधिहरुकाे मत गणना भैरहेकाे निर्वाचन समितिले जनाएकाे छ ।

याे पनिः कांग्रेस सल्यानकाे सभापतिमा ५ मतले केश बहादुर विष्ट विजय

याे पनिः कांग्रेस सल्यानकाे निर्वाचन : कसकाे शक्ति कति ?

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार