मंसिर ८, सल्यान ।
राप्ती राजमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ७ देखि २१ गतेसम्म सडक बन्द हुने जनाएको छ।
राम्री-चोरखोला सडकखण्ड स्थित दाङको भुभागमा स्तरोन्नति गर्नुपर्ने भएकाले १५ दिनसम्म बन्द हुने प्रशासन कार्यालय दाङले जनाएको छ ।
बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए ।
यसअघि पनि दाङ-सल्यान सडकखण्डकाे चाेरखाेला-कपुरकाेट खण्डलाइ पटकपटक बन्द गरेर स्तरउन्नती कार्य गरिएकाे थियाे ।