मंसिर ८, सल्यान ।
नेपाली कांग्रेसकाे १४ औं महाअधिवेशन अन्तर्गत सल्यानमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय महाअधिवेशन समितीमा एकराज डाँगी निर्वाचित भएका छन् ।
डाँगीले कुल ६ सय २७ मत ल्याएर विजयी बनेका हुन् । खुल्ला १० जना प्रतिनिधिमध्ये दाेस्राेमा गणेश चन्दले ५ सय ६७ मत ल्याएका छन् ।
डाँगीले दाेस्राे हुनेभन्दा ६० मत बढी ल्याएर पहिलाे नम्बरमा विजयी बनेका हुन् ।
२०४९ सालमा नेपाल विद्यार्थी संघ सल्यानकाे उपाध्यक्ष भएका एकराज डाँगी कांग्रेसकाे १२ औं महाधिवेशनमा जिल्ला सचिव भएका थिए । २०५७ सालमा १० औं महाधिवेशन प्रतिनिधि हुँदै ११ औं महाधिवेशनमा महासमिति सदस्य समेत भएका डाँगी १३ औं महाधिवेशनमा महासमिति सदस्य थिए।
२०७४ सालमा भएकाे प्रदेशसभा निर्वाचनमा उनले सल्यान प्रदेश सभा (क) मा चुनाव लडेका थिए । तर प्रदेशसभा निर्वाचनमा जित्न सकेनन्
खुल्ला केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा २४ जनाकाे उमेदवारी थियाे । जसमा जिल्लाका कांग्रेसका चर्चित नेताहरु लडेका थिए । महाअधिवेशन प्रतिनिधिकाे मत गणना सकिएकाे र अन्य निर्वाचित प्रतिनिधिहरुकाे मत सार्वजनिक दिउँसाे १२ बजे गरिने निर्वाचन समितिले जनाएकाे छ ।