• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक : सबैले ताली बजाए, गाेकुल बास्काेटाले मात्रै बिराेध गरे


मंसिर ११, चितवन ।

शुक्रबार मध्यरात एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्याे । केन्द्रिय कमिटी वैठकले पार्टीमा पदाधिकारी संख्या थप्ने, पोलिटब्यूरो गठन गर्ने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय अनुमोदन गर्याे ।

बैठक सकेर निस्कदै गर्दा धेरै नेताहरू प्रशन्न मुद्रामा थिए । राति अबेरसम्मको व्यस्तता र थकानका बाबजुद नेताहरुमा छाएको प्रशन्नताको कारण थियो पार्टीमा भएको नयाँ समझदारी ।

निर्णयबारे प्रवक्ताको औपचारिक ‘भर्सन’ पर्खिरहेका पत्रकारमाझ केन्द्रीय सदस्य खिमलाल भट्टराई दुई कुरा भनेर फुत्त निस्किए । ‘पदाधिकारीमा सर्वसम्मति र केन्द्रीय सदस्यमा चुनावको सम्भावना बढ्यो है साथीहरु,’ उनको भनाई थियो ।

प्रचार विभाग प्रमुख योगश भट्टराईले पनि सर्वसम्मतिको आधार तयार भएको औपचारिक प्रतिक्रिया संवाददाताहरु माझ दिए ।

स्राेतकाअनुसार शुरुमा पदाधिकारी बढाउने कुरामा ओली सकारात्मक थिएनन् । तर, नेताहरुसँग धेरै परामर्शपछि उनी लचक भए । वैठकमा ओली आफैंले पदाधिकारी थप्ने, पोलिटब्युरो राख्ने र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखे । ओलीको यो प्रस्तावले तत्काल समर्थन पायो । पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउँदा धेरै नेता समेटिने भएकाले यो सबैलाई राहत दिने प्रस्ताव थियो ।

ओलीको प्रस्ताव आउनासाथ धेरै केन्द्रीय सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए । यसको विपक्षमा एकजनाको मात्रै आवाज सुनियो । उनी थिए गोकुल बास्कोटा ।

‘बास्कोटाजीले प्रथम विधान महाधिवेशनको म्यान्डेट अनुसारै जाउँ, यसमा फेरबदल नगरौं भन्ने कुरा राख्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने । अधिकांश केन्द्रीय सदस्यहरु सकरात्मक भएकाले ओलीले प्रस्ताव अघि बढाए र त्यो सहजै अनुमोदन पनि भयो ।

बैठकको निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ ।

पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार