मंसिर ११, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शारदा नगरपालिका सल्यानको अध्यक्षमा नवीन सिंह भडेल निर्वाचित भएका छन् ।
शनिबार भएको नगरको दोस्रो सम्मेलनबाट भडेलको अध्यक्षतामा पछि ४ मनोनीत गर्नेगरी ६१ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।
जसमा उपाध्यक्ष तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक रहेका छन् ।
सचिवमा सन्ताेश कुमार राई, सह सचिवमा लिला बहादुर राेका र काेषाध्यक्षमा चेत ब. गिरि (चेतन) रहेका छन् ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।