• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

सल्यान साङ्गितिक मिलन कार्यक्रम २०७८ सम्पन्न


मंसिर १८, सल्यान ।

सल्यान साङ्गितिक मिलन कार्यक्रम २०७८ सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखाको आयोजनामा शनिवार सल्यान खलङ्गामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न श्रष्टा र सर्जकहरुको प्रस्तुुति रहेको थियो ।

कार्यक्रममा गायक चेतन राई को विशेष प्रस्तुती रहेको थियो । उक्त प्रस्तुुती पश्चात उनलाई राप्ती साहित्य परिषद् सल्यान शाखाले खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर सम्मान समेत गरेको छ ।

त्यस्तै सल्यानकै अन्य कलाकारहरू लक्ष्मण राई, हिटलर महर्जन, रमेश सिंह, कैलाश लामिछाने, रविन विष्ट, प्रकाश घर्ती लगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा खुुश्बुु केसी, जानकी विष्ट, वर्षा गिरी र प्रेमिका शर्माले नृत्य प्रस्तुुत गरेका थिए । शारदा नगरपालिका वडा नं. २ का अध्यक्ष केशवसिंह श्रेष्ठको प्रमुख आतिथ्यता तथा परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मनोज बाबू मनोहरले गरेका थिए भने शाखाका उपाध्यक्ष इन्द्र भण्डारी अंकितले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार