• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

सल्यान त्रिवेणी गाउँपालिकाकाे तेस्रो अध्यक्ष कप रनिङ शिल्डमा १२०६ विद्यार्थी खेलाडी सहभागी


मंसिर २०, सल्यान ।

सल्यानको त्रिवेणीमा गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगितामा १ हजार २ सय ६ विद्यार्थी खेलाडीहरु सहभागी भएका छन् ।

गाउँपालिकाको रिखेबजारमा आइतबार देखी सुरु भएकाे रनिङ शिल्ड प्रतियोगिता ३४ वटा बिद्यालयमा अध्ययनरत १ हजार २ सय ६ बिद्यार्थी खेलाडीहरु सहभागी भएका हुन् ।

विद्यालय स्तरीय ३२ वटा खेलकुद प्रतियोगिता सञ्चालन हुने छन् भने वडा स्तरीय भलिबल प्रतियोगिता पनि सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाकाअनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेलाइ मेडल, कप र प्रमाण पत्र सहित ५० हजार, दृतिय हुनेलाई कप र प्रमाण पत्र सहित ३० हजार तथा तृतीय हुनेलाई कप र प्रमाण पत्र सहित २० हजार पुरस्कार दिइने छ ।

कोरोना भाइरसको जोखिमका कारण विगतका केही बर्षमा खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएपनि कोरोनाको जोखिम केही कम भएपछि खेलकुद गतिविधि सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ्य जीवन र खेलकुद प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ शुरु भएको प्रतियाेगीता तीन दिनसम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगाएतले गरेका हुन् । गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन पशु शाखा प्रमुख बसन्त रावतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार