मंसिर २६, सल्यान ।
दाङ तुलसीपुरबाट सल्यान कपुरकाेट आउँदै गरेको रा १ ज ४३८ नम्बरकाे जिप दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ भने १३ जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेहरुमा सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ निवासी ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका ४ निवासी ४६ वर्षीया सौनी घर्ती र ३२ वर्षीया लालमती खड्का रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घाइते १० जनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे छ भने ३ जनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे उनले बताए ।
रिफर हुनेमा कपुरकोट गाउँपालिका ३ बस्ने वर्ष ४५ का देवा चापागाई, २७ वर्षीय भुप बहादुर थापा, २२ धर्म थापा, सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, सोहि गाउँपालिका १ बस्ने आरति पुन, १९ वर्षीया रमिता बस्नेत, अनिता पुन, दिल बहादुर बुढा, कर्ण बहादुर खड्का, चन्द्र बहादुर खड्का र डम्वर बुढाथोकी रहेका छन् ।
१४ सिटे जिपमा २० जना यात्रु भएकाे डिएसपी अर्यालले लेकाली अनलाइनलाइ बताए । ‘गाेठीखाेलामा प्रहरी चेक प्वाइन्ट छ । चेक प्वाइन्ट कटिसकेपछि उनिहरुले यात्रु राखेछन् ।’, डिएसपी अर्यालले लेकाली अनलाइनसँग भने । २० जना यात्रु मध्ये ३ जना काखे बच्चाहरु रहेकाे उनकाे भनाइ छ ।
चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे डिएसपी अर्यालले बताए । चालकको भनाइ उदृत गर्दै डिएसपी अर्यालले एक गेयरमा रहेकाे गाडी उकालोमा नतान्दा एक्कासी स्टार्ट बन्द भएकाे बताए । स्टार्ट बन्द भएपछि ओट हाल्न झर्ने क्रममा गाडी ब्याक भएर खस्न पुगेको उनले बताए ।
गाडी १४/१५ वर्ष अगाडीकाे पुरानाे भएकाेले पनि स्टार्ट बन्द भएकाे हुनसक्ने उनले बताए । ‘तुलसीपुरमा भर्खर सर्भिसिङ गरि यात्रु लिएर सल्यान जाँदै रहेछ । गाडी साहु र चालक आफै भएकाेले पैसा अलि बढी कमाइन्छ भन्ने लाेभले धेरै यात्रु राखेकाे हुनसक्छ,’ डिएसपी अर्यालले लेकाली अनलाइनसँग उनले भने ।
गाडी राप्ती राजमार्गबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । गाडी राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ सिरखोलामा दुर्घटना भएकाे हाे ।