• २०७९ असार २३ गते बिहिवार
  • Preeti To Unicode

भद्रगोलको २०२ एपिसोडले गर्यो नयाँ रेकर्ड कायम, बले र प्रिज्माको के भएको थियोे त्यसमा ?


मंसिर २८, काठमाडौं ।
नेपाली टेलिभिजन सिरियल भद्रगोलको २०२ एपिसोड । जहाँ कलाकार सागर लम्साल ‘बले’ र प्रिज्माको लभ परेको थियोे ।यो रियल पात्रमा नभएर कथाको नाटकमा हो ।

यहि एपिसोडबाट प्रिज्मा र प्रिन्सीले भद्रगोलमा इन्ट्री मारेकी थिइन् । शिशिर भण्डारी दाई र प्रिज्मा तथा प्रिन्सी बहिनीको रोलमा भद्रगोलमा इन्ट्री मारेका थिए ।

यहि एपिसोडले अहिले नयाँ रेकर्ड कायम गरेको छ । चलचित्र र म्युजिक भिडियोले युट्युबमा १ करोड भ्युज पाउनु नौलो कुरा होइन ।

युट्युबमा चलचित्र तथा भिडियो हेर्ने दर्शकको संख्या ह्वात्तै बढेपछि थुप्रै चलचित्र तथा म्युजिक भिडियोलाई युट्युबमा करोड बढी पटक हेरिएको छ ।

तर, नेपालमा थुप्रै टेलिभिजन सिरियल प्रसारणमा रहेपनि अहिलेसम्म कुनै सिरियलले पनि युट्युबमा १ करोड भ्युज पाउन सकेका थिएनन् । यसैबीच अब टेलिसिरियलले पनि युट्युबमा १ करोड भ्युज पाएको छ ।

नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक ‘भद्रगोल’ले युट्युबमा १ करोड भ्युज प्राप्त गरेको हो । दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ ।

हाल ‘सक्किगो नि’को लेखन एवं निर्देशन गर्दै आएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सो समयमा ‘भद्रगोल’ लेखन एवं निर्देशन गर्दै आएका थिए ।

कुमार र अर्जुनसँगै ‘भद्रगोल’मा अभिनय गर्दै आएका अधिकांश कलाकार अहिले ‘सक्किगो नि’मा देखिँदै आएका छन्

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार