पुस १७, काठमाडाैं ।
पछिल्लो २४ घण्टामा देशभर ३८२ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
२० हजार ९५९ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट पाँच हजार ७ जनामा परीक्षण गर्दा ३४२ र एन्टिजेन विधिबाट १५ हजार ९५२ जनामा परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सो अवधिमा २५२ संक्रमित निको भएका छन् भने कुल संक्रमितको संख्या चार हजार ९६९ रहेको छ।
आज शनिबार नेपालमा ५९ हजार ११२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
फाइल फाेटाे