• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

डाक्टरले मृत घोषणा गरेकाे शिशु दाहसंस्कार गर्ने क्रममा रोएपछि…


पुस २५, काठमाडाैं ।

चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा रोएपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् ।

टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।

पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मँदै मृत भएको भन्दै चिकित्सकहरूले ‘मृत्युको प्रमाण पत्र’ दिएको डेली मेलमा खबर छ । शिशुको समय नपुगी जन्मिएको अर्थात्र मिसक्यारिज भएको चिकित्सकहरूले बताएका थिए ।

चिकित्सकले दिएको प्रमाणपत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए ।

जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।

शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गम्भीर बिरामी परेकी थिइन् ।-

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार