• २०७९ असार २३ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट आयाे


पुस २६, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट आएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवाेध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको थियाे ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

माओवादी नेताहरु अहिले होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार