• २०७९ असार २३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बनाइयाे स्वर्ग जाने बाटाे


पुस २९, सल्यान ।

सल्यानमा स्वर्ग जाने बाटाे बनाइएको छ ।

जिल्लाकाे सिद्धकुमाख ३ ढोरचौरमा रहेको निराजन माविले ३ दिनकाे अवधिमा स्वर्गजाने बाटो निर्माण गरेको हाे । विद्यालयका शिक्षक, अविभावक तथा विद्यार्थीले स्थानीय बासिन्दाको मृत्यु पश्चात अन्त्यष्टिका लागि घाट जाने बाटो निर्माण गरेका हुन् ।

उनिहरुले स्थानीय कृषकहरुका खेतमा पर्ने अप्ठेरोे ठाउँलाई लास बोकेर फल्टे घाटसम्म हिड्न मिल्ने बाटो बनाएका हुन । विद्यालयले विद्यार्थीलाई सामाजिक काम गर्न सिकाउनुपर्छ भन्ने मान्यताका साथ सामाजिक कार्य गरेको प्रधानाध्यापक धर्मराज घर्तीले जानकारी दिएका छन ।

प्रधानाध्यापक घर्तीले परापुर्ब काल देखि मान्छेको स्वर्गपछि अन्यत्यष्टिका लागि लिने (सबदाह गर्ने) ठाउँसम्म पुग्ने करिव ३ सय मिटर बाटो नभएको भन्दै खोलाबाट खेतबाट हिड्नु पर्ने बाध्यतालाई अन्त्य गर्न यस्तो गरेको बताए ।

उनले बिद्यालयको पहलमा डेढ मिटर चौडा गरिएकोे भन्दै अभियानमा बाटो निर्माणका लागि जग्गा प्रदान गर्नुहुने छबिलाल थापा, गम बहादुर घर्ती मगर, शिवलाल बोहरा, गणेश गिरी, बुद्धि रामबोहरालाइ धन्यवाद दिएका छन ।

याे विद्यालयले समय समयमा यस्ता सामाजिक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार