माघ २, वीरगञ्ज ।
९ वर्षीया बालिकाको जब’र्ज’स्ती करणीपश्चात ह’त्या गरेको अभियोगमा बाराबाट आमा–छोरालाई प्रहरीले प’क्रा’उ गरेको छ।
बाराको आदर्शकोतवाल गाउँपालिका–८ कोतवाली बस्ने २० वर्षीय सन्तोष साह कानु र उनकी आमा ४० वर्षीया शान्ति देवीलाई प्रहरीले प’क्रा’उ गरेको हो।
गत पुस २५ गते बाख्रा चराउन गएकी सोही गाउँपालिका वडा नम्बर ७ की नौ वर्षीया बालिका मृ’त अवस्थामा पुस २७ गते जमुनी खोलामा भेटिएकी थिइन् ।
प्रहरीका अनुसार बाख्रा चराउने क्रममा ती बालिका पानी खानका लागि नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारमतर्फ गएकी थिइन् । त्यसबेला सोही स्थानमा रहेका सन्तोषले बालिकालाई जब’र्ज’स्ती करणी गरेको र घटना बाहिरिने डरले ह’त्या गरेको प्रहरीले जनाएको छ । सन्तोषकी आमाले अ’प’राध पुष्टि हुने प्रमाण नष्ट गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।
घ’ट’नास्थलमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुस’न्धान गर्दा सन्तोषलाई नि’य’न्त्र’णमा लिएर सोधपुछ गर्ने क्रममा उनले घटना स्वीकार गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका सन्तोष र उनकी आमालाई ज्या’न सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।
-देश सञ्चार