बुबाले ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी छाेरीकाे किचिएर मृत्यु


माघ १५, झापा ।

झापाकाे कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।

बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

-रासस

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार