• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

नेपालमा ६ महिनाको अवधिमा यति धेरै मुल्यको सियो आयात भयो


माघ १६, काठमाडौं ।

वर्षेनी खर्बाैको व्यापार घाटा खेपिरहेको मुलुकले यस वर्षको ६ महिनामै ८ खर्ब ८० अर्ब बराबरको व्यापार घाटा पुगेको छ ।

आयात बढिरहँदा एकातिर विदेशी मुद्रा संकुचनमा प्रभाव परिरहेको छ भने अर्काेतिर व्यापार घाटाको आकार वर्षेनी बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा नेपालको कुल विदेशी विनिमय संञ्चिती असार मसान्त यता १४.७ प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ ।

यो साढे ७ महिनाको वस्तु तथा सेवा आयात मात्रै धान्ने संञ्चिती हो । नेपाली अर्थतन्त्र आयात आधारित अर्थतन्त्र होे ।

भन्सार विभागकाअनुसार यो वर्षको ६ महिनामा गत वर्षको तुलनामा आयात ५१ प्रतिशतले बढ्दा निर्यात ९५ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा गत वर्षको तुलनामा ४६.६४ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा पुस मसान्तसम्ममा विभिन्न देशबाट १ करोड ७० लाख ७५ हजारको सियो आयात भएको छ ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार