• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

रुसी राष्ट्रपति पुटिनले अमेरिकालाई लगाए गम्भीर आरोप


माघ १९, काठमाडाैं ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् ।

पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् । रुसमाथि थप प्रतिबन्ध लगाउनका लागि अमेरिकाले युद्ध चाहेको आरोप उनको छ ।

अमेरिकाले युरोपमा नेटो गठबन्धनका सैनिकको उपस्थितिलाई लिएर आफूहरुको चासो बेवास्ता गरेको आरोप पनि पुटिनले लगाएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकासहितका पश्चिमा राष्ट्रले त्यसलाई युद्धको तयारी भनेका छन् ।

युक्रेनमाथि सैन्य आक्रमणको तयारी रुसले गरेको आरोप छ । तर रुसले भने युद्धको तयारी नरहेको दाबी गर्ने गरेको छ । आफ्नो क्षेत्रमा सैनिक तैनाथ गर्न पाउने अधिकारको प्रयोग गरेको उसको भनाइ छ ।

मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानसँगको भेटपछि पुटिनले अमेरिका चासो युक्रेनको सुरक्षाप्रति त्यति नरहेको देखिने आरोप लगाएका हुन् ।

‘उसको (अमेरिका) प्रमुख उद्देश्य रुसको विकासमा अवरोध गर्ने हो । युक्रेन अमेरिकाको सो लक्ष्य पूरा गर्ने माध्यम जस्तो बनेको हो ।’

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार