• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

‘यो अबसरलाई बुझेर मात्रै सदुपयोग गरौं, नत्र फेरि पाँच बर्षसम्म पछुताउनुपर्ला’


रेशम डिसी

रेशम डिसी

फेरी पनि तपाई हाम्रा घर आँगनमा उनिहरुको प्रबेश पुरानै या अली केही परिमार्जित शैलीमा हुनेछ । लामो समय ग्रामिण भेगका दुरदराजमा नदेखिएका अनुहारहरु फेरी पनी केही आशाका भ्रमपुर्ण पोकाहरु बोकेर टुपलुक्क मतदाताहरुका दैलोमा पुग्नेछन । अनी भन्ने छन नमस्ते सन्चै हुनुहुन्छ, तपाईका समस्या के छन ? तपाईहरुका सम्पुर्ण समस्या सामधान गर्ने जिम्मेवारी मलाई दिनुस्, म सामधान गर्नेछु तर त्यसका लागी मलाई चुनाव जिताउनुहोस्, सायद यस्तै यस्तै या अली केही फरक । किनकी उनीहरुलाई प्रष्ट थाह छ जनता जनार्दन को शक्ति र त्यसको प्रभावका सन्दर्भमा ।

चुनावका बेलामा जनताका घरदैलोमा पुगेर गोहीका आँसु चुहाउनेहरुको कमी नभएको यो देशमा उम्मेदवारहरु यसरी नै जनताको समिपमा रहेको देखाउन हरपल बिभिन्न वाहानामा लागी नै रहनेछन । त्यतीबेला हामीलाई लाग्नेछ साँच्ची यीनै रहेछन् हाम्रो दुख र पिडामा साथ दिने, छोटो समयको प्रलोभनले आफनो हातमा रहेको मतदानको अधिकार लाई हामीले हतारमा प्रयोग गर्याै भने फेरी ती चुनावमा बिजयी हुनेहरु निवार्चन परिणाम संगै सुख सयलमा हराउनेछन ।

जनता बाट गुमनाम जस्तै एउटा शासकको जस्तो भुमीकामा देखीनेछन । जो केही स्थानीय तहमा अहिले हामी भोग्दै आएका छौ । तर यती भन्दै गर्दा सबैमा एउटै प्रकारको आक्षेप लगाउनु बाञ्छनीय अबश्य हुँदैन । जनपक्षिय नेताहरु हुदै नभएका भने होईन भलै नेताहरुको चाकडी, गुटबन्दी, नाताबादमा पर्न नसकेर चुनावमा पराजीत अनुहारहरु पनी हामी कहाँ थुप्रै छन ।

२०७९ साल बैशाख ३० गते सरकारले स्थानीय तह निवार्चन घोषणा गरेको छ । नेपालको संबिधान २०७२ लागु भएपछीको यो दोश्रो पटक स्थानीय तहको निवार्चन हो, पहीलो पटक २०७४ बैशाख ३१ संगै तिन चरणमा स्थानीय तहको चुनाव सम्पन्न भएको थियो । देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलकमा प्रबेश गर्दै थियो । राज्यको पुर्नसंरचना हुदै गर्दा यसमा सबै काम र प्रकृया नौलो हुन स्वाभाबिक नै थियो ।

केन्द्रिकरणबाट बिकेन्द्रिकरणको सिद्धान्त अबलम्बन हुदै थियो । सयौ बर्ष देखी सानो काममा पनि केन्द्रकै भरमा पर्नुपर्ने बाध्यताबाट आजित जनताहरु अब आफ्नो बिकास र अधिकार आफनै ठाउँबाट पाउने आशामा हर्षित थिए । अझ भन्नुपर्दा सिंहदरवारको अधिकार अब गाँउ गाँउमा भन्ने चुनावी नाराले पनी धेरै चर्चा समेत पायो । अनी निवार्चन सम्पन्न भयो स्थानीय तहमा निबार्चित वडी तयार भयो ।

अब मतदाताहरुले यतीबेला गहन समिक्षा गरी आत्मनिर्णय गर्ने बेला आएको छ । यदी तोकीएकै समयमा निर्बाचन हुने नै भएछ भने जनताका हातमा फेरी कस्तो प्रतिनीधी छनौट गर्ने भन्ने अबसर आउनेछ र जनताहरु त्यसमा सामेल हुनेछन । अब सोच्नेबेला आएको छ, बितेका पाँच बर्षमा हामीले के पायौ । सबै कुरा पाँच बर्षमा गर्नुपथ्र्यो भन्ने कुरा अबश्य होईन तथापी अपेक्षाकृत रुपमा हुन सकेकी सकेनन महत्वपुर्ण कुरा त्यो हो ।

स्थानीय तहमा स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता अत्यन्त महत्वपुर्ण सवालमा के के काम भए, बेरोजगारी दर कती कम भयो, परिवार छोडेर खाडीमुलुक धाउनेहरु कतीले रोजगारी पाएको महसुस गरे ? स्थानीय तहमा संरचनाहरु कस्ता भए की पुरानै शैलीमा दुई घन्टाको पैदल यात्रा गरेर सेवा लिन जाने बाध्यता यथावत नै छ ?  यस्ता प्रत्यक्ष जनचासो रहने बिषयमा खोजी गर्न जरुरी छ ।

स्थानीय तहमा आउन सक्ने विपत ब्यबस्थापनको लागी तयारी हेर्दा हाम्राे सल्यान जिल्लाका अधिकांस पालिकामा दमकल समेत छैन, एम्बुलेन्स सेवा छैन तर त्यहाँका जनप्रतीनिधिका लागी हतार हतार गाडीहरु खरिद गरि संचालन गरिएका छन । सामान्य ज्वरो आँउदा होस वा आच्छ्यु गर्दा मात्रै पनि नेताहरु उपचारका लागी बिदेश दौडीन्छन तर यहाँ जनताहरु अस्पतालमा सिटामोल र बेड नपाएर दिनहुँ ज्यान गुमाईरहेका छन ,

अब हामीले सोच्ने बेला मात्रै हैन गरेर देखाउने बेला आएको छ । हाम्रो विकासमा साथ दिने मान्छे छनौट गर्ने अधिकार हामी सँग छ । यो अधिकारलाई हामीले हचुवाको भरमा प्रयोग गर्याैं या कसैको प्रलोभनमा गुमायौ भने फेरी आगामी पाँच बर्ष हाम्रा लागी कष्टकर बन्नेछन् ।

बितेका पाँच बर्षमा हामिले प्रत्यक्ष रुपमा भोगेका छौं स्थानीय तहमा बनाइएका नितीहरु, त्यसको कार्यान्वयनको अबस्था, जनता करको पेलानमा परि नै रहेका छन् तर जनपक्षिय बिकास भने भएको देखिदैन । बिगतका चुनावहरु लाई हेर्ने हो भने चाकडी, नाताबाद तथा आर्थिक प्रलोभनका कारण टिकट प्राप्त गर्नेहरु हावि हुने तर योग्य मान्छेले अबसर नपाएका उदाहरणहरु पनि प्रयाप्तै छन् ।

यसले एकातिर योग्य मान्छे छनौट त नहुने नै भयो त्यसमा पनि आर्थिक चलखेल बढ्ने हुनाले सामान्य सेवामुलक भाब भएको मान्छेहरु अबसर बाट बञ्चित हुने देखिन्छ । अब हरेक युवाहरुको जिम्मेवारी हुनेछ, जुनसुकै पार्टीको ब्यक्ति उम्मेदवार किन नै नहोस उ समाज र जनताप्रती कती जिम्मेवार छ भन्ने कुराको छिनोफानो लगाउने ।

यती बेला धन लोभ लालच तथा चाकडीमा डुबेको हैन समाज लाई सही ढंग बाट सोचेर परिचालन गर्ने प्रतिनीधी चाहिएको छ । फेरी पनि आफनो भबिष्यको फैसला गर्ने अधिकार आफनै हातमा आउने बेला आउदैछ यो अबसरलाई बुझेर सदुपयोग गरौ नत्र फेरी पाँच बर्ष सम्म पछुताउनुको कुनै बिकल्प हुनेछैन ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार