एजेन्सी
मलेसियाका एक व्यापारीले लन्डनमा एक क्यासिनोमा जुवा खेलेर ६४ करोड रुपैयाँ गुमाएका छन् । तर अचम्मको कुरा के छ भने उनले आफ्नो यो हारलाई क्यासिनोलाई जिम्मेवार ठहराएका छन् ।
यति मात्रै होइन उनले क्यासिनोविरुद्ध मुद्दा नै दर्ता गराएका छन् ।
मलेसियाका यी व्यापारीको परिचय लिम हान जोह रहेको छ । लिम २०१५ मा मलेसियाबाट लन्डन व्यवसायीक भ्रमणमा गएका थिए ।
त्यहाँ एक क्यासिनोमा लिमले ६४ करोड रुपैयाँ हारेका थिए । लिमले जब सबै पैसा हारे उनी क्यासिनोमाथिनै जाइलागे । उनले आफ्नो पैसा क्यासिनोको गल्तीबाट गुमेको बताएका छन् ।
आफूले जुवा खेलेर त्यत्रो पैसा हार्दा पनि क्यासिनोले नरोकेको भन्ने उनको गुनासो रहेको छ । उनका अनुसार त्यति ठूलो रकम हार्दा क्यासिनोले रोक्नु पर्ने थियो । तर क्यासिनोले जुवा खेल्न थप रकम दिएको उनको आरोप छ ।
२०१५ को यो घटनालाई लिएर उनले क्यासिनोमाथि मुद्दा दायर गरेका थियो । लीम मलेसियाका सर्वाधिक धनी व्यापारी मध्येका एक हुन् । उनको सम्पत्ति मलेसिया र लन्डन दुवै ठाउँमा रहेको छ ।