• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

जनयुद्धको बिचलन र जनताको जीवन


मिसन सुनार

मिसन सुनार

इतिहास निर्माण जसले गर्छ त्यो सधैं अमर र अजर भैइ रहन्छ । जसले इतिहासलाइ भुलेर वर्तमानमा रमाउदै इतिहास निर्मतालाइ उधारो ब्यपार बनाउदै आफ्नो निजि जिवनलाइ भोग बिलासि बनाउछ वास्तविक अपराधी त्यही हुन्छ, जुनि जुनिसम्म पनि ।

आज नेपाली समाज जनयुद्धको २७औं वर्षगाँठमा पुगेको छ । शान्ति प्रक्रियाको १५ औं बर्ष पूरा गरेको छ । संविधान निर्माणको ९ बर्ष पुग्दै छ । स्थानीय सरकार बनेको चौथो बर्ष पूरा गरि पाँचाैं औं वर्षमा लाग्दै छ । जनयुद्धको सुरुवाती यौद्धाहरु आज कोहि लम्पट बनेका छन भने कोहि झन धनपट बनेका छन् ।

साल बदलिएको छ । पार्टीका नाम बदलिएका छन । दल बदलिएका छन । सरकार बदलिएका छन । सरकार भित्रका मन्त्री बदलिएका छन । शोषण गर्ने शैली बदलिएको छ । जनताको जीवन बदलिएको खोइ ? भन्ने प्रश्न अहिले पनि बदलिएको छैन ।

लुटका श्रृङखला नयाँ ढंगले बिकास भएको छ । माओवादी पार्टी विभिन्न ग्रुपमा बिभाजित छन । एकले अर्कोलाइ दक्षिण पन्थी, कसैलाइ उग्रपन्थी, कसैलाइ मध्य पन्थी यस्तै यस्तै आरोपप्रत्यारोपमा छ । यतिबेला माओवादी आन्दोलनको दिनचर्या यस प्रवृत्तिमा परिनत भएको छ। लाग्छ इतिहासले उल्टो गति लिइरहेको छ ।

जतिबेला जनयुद्ध सुरु गर्दा उठाएका मुद्दा खाएका प्रतिबद्धता बाडिएका आशा कसैले भुलेको छ जस्तो लाग्दैन । कसै कसैले भन्लान हामी उपलब्धिकै पुँजिमा छौ । समाजवाद यहि हो भन्ने ठानेका होलान । सिमित, मुठ्ठीभर, अमुक र छदम भेषीहरुलाइ सत्ताको वरिपरि रजगज गर्ने र नाता र कृपामा शक्ति प्रदर्शनी गर्नेहरुको लागि यो जस्तो उन्न्त ब्यबस्था के हुन सक्छ र भन्ने लाग्न सक्छ तर वास्तविक जनता र इमान्दार कार्यकर्ता भने सन्तुष्ट हुना नसकेको महशुस सजिलै गर्न सकिन्छ ।

त्यसैले लाग्छ यो कतै सत्यताको अवसान भैइरहेको त छैन । पक्कै पनि देशमा आमूल परिवर्तन गर्ने उदेश्य मामुलिको विषय छदै थिएन । तर जुन हिम्मतका साथ नेतृत्वले अन्तिम बिन्दुसम्म पुर्याउनु पर्थ्यो त्यसबाट भने चुकेको प्रस्टै बुझ्न सकिन्छ ।

माओवादी आन्दोलन अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको नमुनाको रुपमा स्थापित भैइरहेको र नेपालका कम्युनिस्ट पार्टीहरुको तुलनामा विश्वासिलो पार्टीको रुपमा शक्तिशाली बन्दै गैइरहेको थियो । तर बिडम्ना भन्नू पर्छ माओवादी आन्दोलन जब बिगतका प्रतिबद्धताहरुलाइ भुल्दै सत्ताभ्यास र संसदिय नौटङकिमा रमाउना हतार गर्यो तब इतिहासले उल्टो गति लियो ।

हुन त बिगतका आन्दोलन हरुपनी फगतकै छन । २००७ सालको क्रान्ती देखि २०२८ साल र २०४६ सालको आन्दोलन सबै मात्रात्मक परिवर्तन भन्दा के नै हुन सकेका रहेछन र ।पछिल्लो चरण माओवादी आन्दोलन यसकै पुनरावृत्ति भन्दा फरक नपर्ला कि ?

जनयुद्धमा साच्चिकै एउटा वास्तविक सपना थियो जसले लाखौ सचेत मानिसहरुलाइ गोलबन्द गर्दै पुरानो अथवा कथित राजतन्त्रका विरुद्ध कम्मर कसेर लडन प्रेरित गर्यो । त्यसमा लागेका हजारौं हजार घाइते यौद्दाहरु अहिले पनि मृत्यु सैयामा छटपटाइरहेका छन ।

१०औं हजारले आफ्नो जिवनको तिलान्जली दिए । उनिहरुको आत्माले शान्ती पाएको छैन । जो जनयुद्धमा लागेर शहिदको रगतको आहालमा टेकेर धनकुबेर बनेका छन् उनिहरुलाइ पक्कै पनि वर्तमानले गिज्याइरहेको छ । भबिस्यले निशाना बनाइरहेको छ । त्यसको साँचि जिउँदो ईतिहास छदैछ। भबिश्यले त्यसको जवाफ भने अनिवार्य दिने नै छ ।

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आज विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरुमा बिभाजित छन । भन्छन हामी ल्याउछौ समाजवाद ! के साच्चिकै समाजवाद ल्याउनका लागि एउटा कम्युनिस्ट पार्टीले मात्रै सम्भव होला त ? के शान्तिपुर्ण तरिकाले समाजवाद आउला त ? आजको दुनियाँमा पुजिवादले नयाँ रुपधारन गरेर दलाल पुँजिवादमा परिनत भैरहेको अवस्थामा सजिलै पुँजीवाद ढल्न पुग्ला त ? बिल्कुलै असम्भव छ ।

एउटा सचेत कम्युनिस्ट पार्टीको लिडर तथा क्याडरले सचेत र निर्मम बिद्रोह बिना समाजवादको आशा गर्नु भनेको राजनैतिक अन्धभक्तीपना बन्दछ । आज हामीले जुन ब्यबस्था प्राप्त गरेका छौं यसको प्राप्तिको निम्ति पनि भीषण वर्गसंघर्षको उपज थियो । सर्वदलीय राजनैतिक पार्टीको तागत थियो । यो सामान्य र चानचुने विषय थिएन।

त्यसैले आजको राजनैतिक निकास भनेको सबै कम्युनिस्ट पार्टीहरुको एकता र त्यसले तय गर्ने वर्गसंघर्षले मात्रै श्रमजीवीबर्गहरुको अपनत्व कायम गर्न सक्ला होइन भने यो सबै चुनावी राजनिती र सरकारमा पुग्नाको लागि गरिने नौटङकि सिवाय अरु केहि हुन सक्दैन।आजको ब्यबस्थामा रमाइरहेका दलालहरुलाइ के थाहा जनयुद्धका प्रथम शाहीद दिल बहादुर रम्तेल देखि जनाआन्दोलनका प्रथम शाहीद उमेश थापा सम्मको बलिदानिको सपना के थियो भन्ने कुरा ।

लखन थापा देखि सुखानीको जङगलमा बिरता पुर्वक बलिदानी रोज्ने महान शहिदहरुको सपना आज पनि जिवित छ र साच्चिकै परिवर्तन कर्मी यौद्दाहरुले आज पनि उनिहरुको पदचाप पछ्याइरहेका छन । तर आजको ब्यबस्था जुन स्थितिमा चलिरहेको छ।यो कुनै पार्टीले जितेको ब्यबस्था भन्न मिल्दैन । न कम्युनिस्ट पार्टीहरुले भन्दै आएको जनवादी वा समाजवादी ब्यबस्था हो।नत प्रजातान्त्रिक शक्तिहरुले भनेको प्रजातान्त्रिक समाजवादी ब्यब्स्था भन्न मिल्छ यो त केवल सबै पार्टी भित्ररहेका छुद्र, अवसरवादी, वैदेशिक शक्तिकेन्द्रको सामु चाकडी गर्न सक्ने दलालहरुको ब्यबस्था हो।

त्यसैले यस ब्यबस्थामा श्रमजीवीबर्गले मुक्ती पाउने आशा गर्नु दिवास्वपन मात्रै हुनेछ । आज पुँजिको परिचालन दलाल पुजिपतिबर्गले वित्तीय प्रणालीको आधारमा परिचालन गरेको छ। जसको कारण गाउँबस्ती, साना उधोगी, ब्यपारिहरु टाट पल्टने र दलालिकरणको शैलीबाट परिचालित पुँजिपतिहरु मालिक बन्ने स्थिती बनेको छ ।

उत्तराधुनिकतावादले उपभोक्तावादी मनोवृत्तिको बिकास गरेको छ। त्यसको उपज मानिसहरु श्रम र उत्पादतिर उन्मुख भन्दा पनि तयारी बस्तु उपयोग गर्ने क्षणिक मनोरञ्जन गर्ने तिर अग्रसर छन । राज्यले आज विभिन्न नाममा स्वरोजगारका कार्यक्रमको ढवाङ्ग पिटेपनी आजको स्थितिमा ७० देखि ८० लाखको हाराहारिमा युवायुवती हरु बिदेश पलायन हुन बाध्य छन ।

आएका स्वरजगारका बिकासहरु पनि कार्यकर्ता र भोटरको आधारमा पारिन्छ । र भनिन्छ समृद्ध नेपाल अनि सुखी नेपाली।क्या मज्जाको बात छ । चुनावी नारात जनता झुक्याउने र लुटको लायन्स बनाउने कथनी मात्रै रहेछ । समृद्ध र सुखी नेपालको नारा त । त्यसैले अबको निष्कर्ष यो हुनुपर्छ कि ? प्रत्येक सचेत नागरिक उत्पादनमा जोडिन जरुरी छ ।

व्यावसायिक बन्न जरुरी छ। यसलाइ राज्यको तर्फबाट सहयोगको आवश्यकता छ।  होइन भने परिवर्तनको नाममा उठाएका बन्दुकहरु सत्ता बार्गेनिङको लागि मात्रै सिमित भएकाछन र अवका आन्दोलहरु पनि त्यही रस्सातालमा डुबुल्की मार्न पुग्नेछन। इतिहासले नयाँ र सचेत बिद्रोह भने अनिवार्य दोह्र्याउने छ । सुन्दर साम्यवादी समाजको बिज रोपेरै छोडनेछ। यहि परिकल्पना सहित सम्पुर्ण आन्दोलनमा राष्ट्र निर्माण र परिवर्तनको निम्ति आफ्नो जिवनको बलिदानी दिनुहुने माहान शहिदहरु प्रती श्रद्धासुमन अर्पण गर्दछु ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार