आफूलाई फसाउन खाेजेकाे भन्दै पल शाहले सार्वजनिक गरे ४ जनाकाे नाम


फागुन १२, काठमाडाैं ।

गायिका समीक्षा अधिकारीलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफुलाई फसाउने षड्यन्त्र भएकाे भन्दै उनी विरुद्ध षड्यन्त्र गर्नेहरुको नाम सहित याेजना बनाइएका अडियाे क्लिपहरु समेत सार्वजनिक गरेका छन्।

बिहिवार बिहानै उनले आफ्नो फेसबुक पेज मार्फत आफ्नो स्पस्टीकरण जारी गर्दै आफूलाई फसाउने षड्यन्त्र गर्नेहरुको नाम सार्वजनिक गरेका हुन् । उनले‍ आफू विरुद्ध समीक्षालाई उचालेर लगाउनेहरुमा

माेडल दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाई लगायतकाे नाम उल्लेख गरेका छन । उनले आफुलाई फसाउन गरिएका षडयन्त्रका अडियो क्लिपहरु पनि आफ्नो फेसबुकमा राखेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार