• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

श्रीगाउँ लाइफ भिजनका बिद्यार्थीले खाए हात्तिपाईको औषधी


पूर्ण केसी (मुस्कान) फाल्गुन २८, दाङ । दङ्गीशरण गाउँपालिका ७ मा रहेको श्रीगाउँ लाइफ भिजन माविमा हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

दंगिशरण गाँउपालिका स्वास्थ्य चौकी बाट आएका स्वास्थ्यकर्मीले हाईट अनुसार बिद्यार्थी र शिक्षकगरी करिब ६ सय बढीलाई फरक फरक डोज औषधी खुवाएको विद्यालयका प्रधानाध्यापक प्रदीप अधिकारी ले जानकारी दिनुभयो ।

दाङलाई हात्तिपाईले रोग मुक्त गर्ने अभियान अनुसार आज बाट सबै पालिकामा हात्तिपाईलेको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कोहीपनि भ्रममा नपरी औषधी खान र अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार