• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

हिसान, दाङको जिल्ला अधिबेशन सम्पन्न


चैत ५, दाङ्ग शनिबार उच्च शिक्षालय तथा माद्यामिक बिद्यालय संघ, दाङ ( हिसान, दाङ)को जिल्ला अधिबेशन सम्पन्न भएको छ।

हिसान,दाङका जिल्ला अध्यक्ष सुरेन्द्र जिसिको अध्यक्षतामा बसेको उक्त जिला अधिबेशनमा प्रमुख अतिथी हिसान नेपालका केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद पोख्रेल , बिशिस्ट अतिथिहरु शंकरकिरण घिमिरे , अरुण कुमार शर्मा , मधुसूदन के सि , निर्मल उपाध्याय , लक्ष्मण बुढाथोकी तथा बिशेष अतिथि एन प्याब्सन दाङका बरिस्ठ उपाध्यक्ष भोजराज न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

आगामी दिनहरूमा हिसान , दाङका विभिन्न गतिविधिहरुलाई विद्यार्थी र अभिभावक सामु लैजानु पर्ने कुरालाई सबै बक्ताहरुले जोड दिनुभएको थियो। वेस्टर्न पार्टी प्यालेस, तुलसीपुरमा गरिएको उक्त कार्यक्रम हिसान दाङका कोषाध्यक्ष एम बि के सि को स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रम सन्चालन हिसान दाङका सचीव बिष्णु प्रसाद देवकोटाले गर्नुभएको थियो । उक्त जिला अधिबेशनले सर्बसम्मत रुपमा निम्नानुसारको जिल्ला कार्यसमिति पनि गठन गरेको थियो ।

१) अध्यक्ष : सुरेन्द्र जि सि
२) उपाध्यक्ष : लोकमान रिजाल
३)सचीव : बिष्णु प्रसाद देवकोटा
४)कोषाध्यक्ष : एम बि केसि
५) सदस्य : भोजराज न्यौपाने
६) सदस्य : कमल सापकोटा
७) सदस्य : हरि बिक्रम शाह
८) सदस्य : बिष्णु भन्डारी
९) सदस्य : बिष्णुमणि देवकोटा
बाकी दुईजना घोराही क्षेत्रबाट सदस्यहरु रहने गरि जम्मा ११ जनाको जिल्ला कार्यसमिति चयन गरिएको थियो।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार