• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

छाउपडी विरुद्धको कथामा छपक्कै लपक्कैको भिडियो निर्माण


१२ चैत, काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको छपक्कै लपक्कै बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री कमला दाहाललाई बझाङ्गी राजा रानीको भुमिकामा देखाइएको छ ।

छाउपडी बिरुद्द्को कथामा बनाइएको भिडियोमा कमल सिंह ,दिपक बिके,पुनम गौतम,भोजराज भण्डारी ,रआयुश्मा सिम्खडाको पनि भुमिका रहेको छ । अर्जुन पोख्रेलको सङित र जय थापाको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिपक एम सिहको कोरियोग्राफी रहेको छ ।

अजय रेग्मीले खिचेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । बिकाश दाहालले एडिट गरेको भिडियो केही दिनमै सार्बजनिक गर्ने गीतकार लोकराज अधिकारीले जानकारी दिएका छन । मन्त्रीको भुमिकामा दिप्त प्रकाश अधिकारी रहेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार