• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

“घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान


( महेन्द्र सिंह ) बाँके । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ । बाँकेका विभिन्न वडा तथा क्षेत्र हरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस बाँके उपमहानगरपालिका वडा नम्बर २ पनि अग्रसर देखिएको छ ।नेपाली काँग्रेस २ नम्बर वडाले बुधबार बागेश्वरी टोलमा आयोजना गरेको जिताऔँ अभियानको क्रममा अझ शसक्त रुपले अगाडि बड्ने निर्णय समेत गरेको छ ।

सो अबसरमा नेपाली काँग्रेसका विभिन्न भातृ सँगठन हरुलाई सँगठित गर्दै वडा अन्तरगत सम्पुर्ण मतको सर्बेक्षण समेत गरिने भएको छ । कार्यक्रममा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्रीले जिताऔँ अभियान सँगै काँग्रेसलाई मजबुत बनाउन टोल समिती र बिभिन्न भातृ सँगठनहरुलाई समेत सक्रिय बनाउन सबै लाग्नुपर्ने बताए । सिँगो पार्टीलाई जित दिलाउन सँगठनको महत्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण सँगठित हुनुपर्ने समय आएको बताए । वडा सभापती प्रदिप श्रेष्ठको सभापतित्व तथा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्री प्रदेश प्रतिनिधि पुस्प सिंह शाह विशिष्ट गोपाल अधिकारी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उपसभापति धर्मेन्द्र बहादुर सिंह तथा सम्भार्न्त बिक्रम शाह सचिब हिमनाथ पौडेल सदस्य लगायत पदाधिकारी हरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार