केशरीको बोलको कभर गीतले चर्चा पाएपछि


चैत १७,दाङ । गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ । बिशेशत गुरुङ मगर समुदायमा प्रचलित कौराहा गित “शिरको फुल “ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रिया पाएको रेश्मा दंग छिन् । प्रस्तुत गीतमा रेश्मा पुनको स्वर समावेश गरिएको छ ।

लेखु सहयात्रीको शब्दमा करणराज कार्कीको संगीत रहेको छ । मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ । यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत, मलाई घाम जुन नि चाहिदैंन्,म त पानी बादलु चर्चामा छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार