आफ्नै शब्द संगीत र स्वर रहेको गायिका बेनिशाको ‘मेरो माया’ सार्वजनिक (भिडियोशहित)


चैत १७,दाङ । रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को टप ७ सम्म आईपुगेर बाहिरिएकी गायिका बेनिशा पौडेलको ‘मेरो माया’ बोलको म्युजिक भिडियो सार्वजिनक भएको छ । गितमा बेनिशाले पहिलो पटक आफै शब्द रचना ,संगीत र स्वर दिएकी छिन ।

बिगत लामो समय देखि नेपालि गित संगीतको क्षेत्रमा निरन्तर लागेकी बेनिशाले थुप्रै गीतहरु गाइसकेकी छिन । अभिनाश मानन्धरको छायांकनमा खिचिएको भिडियोमा, रोशन बिकेको कोरियोग्राफर तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

अनिल के मानन्धरको निर्देशनमा बनेको भिडियोमा बेनिशा स्वयं आफैले अभिनय प्रस्तुत गरेकी छिन । आखैमा लाउने गाजल सकियो किन्दिने को होला बोलको गितबाट आफ्नो सांगीतिक करियर सुरुवात गरेकी गायिका बेनिशाका पर्दैन पर्दैन, परे म त बिलख बन्धमा ,यस्तो माया , तिम्रो माया, मन बुढो भएन जस्ता थुप्रै गित, संगीत स्वर्ता दर्शकले निकै रुचाएका छन । गितको भिडियो बेनिशा पौडेल युटुब च्यानल मार्फत उनले पहिलो पटक सार्बजनिक गरेकी छिन ।

भिडियो :

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार