• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

म दास हुँ !


तेज विक्रम ओली


म दास हुँ ।
म नेपाली हैन पार्टिको सदस्य हुँ
म गोर्खाली हैन पार्टीको कार्यकर्ता हुँ
मैले मेरो पार्टिले उठाउने जस्तोसुकै एजेन्डालाई पनि आँखा चिम्लेर समर्थन गर्नुपर्छ,
किनकी झोला बोक्नु मेरो धर्म हो।
उ त्यो पार्टीको नेताले महाकाली, टनकपुर, कोशि बेच्यो
त्यो पार्टीको नेताले रास्ट्रघाती एमसीसी अनुमोदन गर्यो
उ त्यो पार्टीको नेताले वाईडबडी जहाजमा घोटाला गर्यो
मलाई सबै थाहा छ निर्मलाको हत्या कस्ले गर्यो
तरपनी म बोल्दिन्न
बरु मेरो निधार सुन्नियोस केही छैन म त्यही पार्टीको त्यही नेताको खुट्टा ढोगिरहने छु
बरु मेरा हातमा ठेला उठुन केही छैन तरपनि त्यही पार्टीको त्यही नेताको पाउ मोलिरहने छु
किनकि म पार्टीको अघोषित गुलाम हुँ, गुलाम गर्नु मेरो धर्म हो
गलतै हो थाहा छ तरपनी मैले बोल्नु हुदैन पार्टीको अस्तित्व जोगाउनु पर्छ
मेरो पार्टी गलत बाटो हिँड्दैछ भन्ने मलाई थाहा हुन्छ तर अहँ म समर्थन गर्न छाड्दिन्
मेरोपार्टिले चाहे जोसुकैलाई चुनावमा उठाओस,भोट हाल्छु ।
कुकुरलाईनै पठाएपनी म भोट उसैलाई हाल्छु ।
उसले भुक्छ, के भन्यो म बुज्दिन तैपनी म ताली बजाउँछु किनकी उ मेरो पार्टिको हो
मेरो लागी मेरो पार्टिनै भगवान हो
मेरा नेताले भ्रस्टाचार गर्दैनन अह गर्दै गर्दैनन।
मेरा नेताले बोल्ने हरेक बोली मेरा मन्त्र हुन।
म जपिरहन्छु।
मेरो पार्टी बाहेकका अरु सबै मेरा दुश्मन हुन।
उनिहरुले राम्रोकुरो कहिल्यै गर्दैनन।
उनिहरुले कसैको राम्रो गर्दैनन्।
यो संसारमै मेरा अध्यक्ष जस्ता महापुरुष कोहि छैनन।
उनि जती असल कोहि छैन।
उनी भगवान हुन।
भगवानले गर्ने दिसा
दिशा हैन यो प्रसाद हो।
प्रसाद पाउनु मेरो भाग्य हो।
नेताले फेर्ने पिसाब
पिसाब हैन, यो अमृत हो
सेबन गर्न पाउनु मेरो भाग्य हो
धन्य छौ भगवान।
मलाई राम्रो काम होस वा नराम्रो मतलव छैन।
देश,धर्म, स्वाभिमान मतलव छैन।
मलाई त बस आफ्नो पार्टि मतलव छ।
अर्को को पार्टिले राम्रो गरे पनि म विरोध गर्छु किन की
राम्रो गर्ने मेरो पार्टिनै हुनु पर्छ।
म अरुको समर्थकलाई भाडाका टट्टु ठान्छु
आफ्ना लाई राजनितिक कार्यकर्ता।
म पानी लाई पानी भन्न सक्दिन
दुधलाई दुध भन्न सक्दिन
म पानी र दूध एकै देख्ने भै सकेको छु
किनकि सत्यतथ्य छुट्टाउने जिम्मेवारी मलाई हैन मेरा नेतालाई छ।
म यस्तै छु
म मेरो देशका सबै आदर्श बेचेर पार्टीको गुलाम भएको छु
मलाई थाहा छैन नागरिकको कर्तव्य
मलाई थाहा छैन रास्ट्रप्रेम के हो ?
मलाई थाहा छैन देशको क्षेत्रफल कति छ ?
म नागरिक को हैसीयत बिर्सीएको पार्टिको गुलाम हु।
बरु मलाई थाहा छ,
कसरी टायर बाल्नुपर्छ
कसरी पेटि फोर्नुपर्छ
कसरी बम पड्काउनुपर्छ
कसरी बिनास गर्नुपर्छ
कसरी शिक्षक कुट्नुपर्छ
मलाई सबै थाहा छ
कसरी सम्पत्ति कुम्ल्याउनु पर्छ ?
मलाई मतलब छैन,
मेरो काम के हो ?
मेरो धर्म ,सस्कार के हो ?
मेरो कर्तव्य स्वाभिमान के हो ?
म एउटा पार्टिको अघोषित गुलाम हुँ र गुलाम रहिरहने छु ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार