सरिता राईको रचनामा कृष्ण भक्त र श्रेयसीको ‘मायालुको सम्झना ‘ सार्बजनिक (भिडियोशहित)


चैत २६,दाङ । गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको  मायालुको सम्झना बोलको भिडियो सार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्ब पश्चिम सबै तीरको सस्कृति संग मिल्दो जुल्दो सालैजो भाका मायालुको सम्झना बोलको गीत बजारमा सार्बजानिक भएको हो । लोकप्रिय संगीतकार डि. आर अटुको संगीतमा गीत तयार पारिएको छ ।

ललितपुरको मनोरम देउराली डाँडामा दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन । नेम बाबु तामाङको कोरियोग्राफि , हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई , बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ । गितको म्युजिक भिडीयोलाई निकै रुचाईएको छ ।

हेर्नुहोस भिडियो : 

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार