चैत २९, दाङ । गायक तथा संगीतकार कविन्द्र तामाङको “दुखको भरी” बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । गायक तामाङको शब्द ,संगीत रहेको गीतमा गायिका जितु लोप्चनले उनलाई साथ् दिएकी छन् । गितमा कर्साङ लामाको संगीत संयोजन रहेको छ ।
अझै पनि हाम्रो समाजमा गरिब,अशक्त दीन दुखीहरुलाई समाजिक रुपमै कयौं ठाउँमा घृणा र हेला गरेको पाईन्छ ,तसर्थ गीतले गरिब दुखी र अशक्तहरु प्रति सद्भाव,माया र सम्मान गर्नुपर्छ भन्ने खालको एउटा समाजिक रुपमा निकै सकारात्मक सन्देश दिन खोजिएको छ ।
मिस्टर काजी लामाको निर्देशनमा निर्माण भएको भिडियोमा बज्र लामाको छायांकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा सुस्मा मोक्तान, मिस्टर काजी लामा,प्रनिष गिरी र क्रिसला गिरी लगायतले अभिनय गरेका छन् । उक्त भिडियो कविन्द्र तामाङको अफिसियल युट्यव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :