बैशाख ४, सल्यान ।
सत्ता साझेदार दल नेकपा माओवादी र कांग्रेसको सल्यानमा गठबन्धन नहुने भएको छ । आज बसेको सत्ता साझेदार दलको बैठकमा कांग्रेस र माओवादीबीच भागबन्डामा कुरा नमिल्दा गठबन्धनको विषय टरेको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले स्वछ प्रतिस्पर्धा गर्ने र गठबन्धन नगर्न निर्णय समेत गरेका छन् ।
सल्यानकाे क्षेत्र नम्बर १ र २ लाइ मिलाएर गठबन्धन गर्ने खालकाे माेडालिटी थियाे तर कांग्रेसले आफुले जितेका पालिका छाेडेर सहमति गर्न खाेज्दा पनि माओवादीले नमानेकाे कांग्रेसका उपसभापति सन्ताेष केसीले बताए ।
कांग्रेस र समाजवादीले गठबन्धनकाे प्रयास गर्दागर्दै पनि माओवादीले गर्न नचाहेकाे उनकाे भनाइ छ ।
अब पार्टीहरु एक्लाएक्लै चुनावमा भिड्ने गरि सहमति भएको छ । एमालेले फुटेको अवस्था सल्यानमा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी पार्टी हुन् ।
यी दुई दलको गठबन्धन नभए पनि एकीकृत समाजवादी पार्टीको कुन दलसँग गठबन्धन हुने भन्ने अझै हेर्न बाँकी छ । अहिले एकीकृत समाजवादी पार्टीलाई माओवादी र कांग्रेसले एक्लाएक्लै गठबन्धनको प्रस्ताव राखेको स्रोतले बताएको छ ।