‘कसले सक्छ र खुशी दिन…’मा प्रेम र सविताको अनस्क्रिन रोमान्स


काठमाडौं, वैशाख ९ । सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक भएको छ । प्रेमको नै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ ।

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत रहेको छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ ।

ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सन कोचे मल्टिमिडिया रहेको छ । सविता खडका गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार