• २०७९ चैत्र १२ गते आइतवार
  • Preeti To Unicode

गठबन्धनकाे टुंगाे नलाग्दा सल्यानमा नेता-कार्यकर्ताहरु अन्याेलमा


बैशाख ११, सल्यान ।

कर्णालीमा सत्ता साझेदार दलहरुबीच गठबन्धनकाे कुरा टुंगाे नलाग्दा जिल्लाहरुमा नेता तथा कार्यकर्ताहरु अन्याेलमा परेका छन् । उम्मेदवारकाे मनाेनयन दर्ताकाे समय सुरु हुँदा सल्यानमा अहिलेसम्म निर्वाचन कार्यालयहरुमा चहलपहल सुरु भएकाे छैन् ।

गठबन्धनकाे निर्णय जिल्लामा अहिलेसम्म केहि नआउँदा नेतादेखि कार्यकर्ताहरु तितरबितर अवस्थामा देखिन थालेका छन् । यतिबेला सल्यानमा सबै दलका नेताहरु हेर न पर्खकाे अवस्थामा छन् ।

गठबन्धन भन्दा बाहिरकाे दल नेकपा एमाले पनि गठबन्धनले कस्ता उम्मेदवार ल्याउँछन् त्यसपछि मात्रै आफ्ना उम्मेदवार खडा गर्ने तयारीमा छ । सल्यानमा एमालेले केहि पालिकामा उम्मेदवार सार्वजनिक गरेपनि केहि पालिकामा अझै सार्वजनिक गरेकाे छैन् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार