वैशाख १६, तुलसीपुर। सानुमाया हुन्छ भेट चिन्ता नगर दुई दिनको साथ होईन माया नमार । गीत, संगीतका पराखीहरुको लागि अर्को एउटा नविन गीत “सानुमाया” सार्वजनिक भएको छ । युवा पुस्ताका प्रिय गायक तथा संगीतकार चेतन राईको शव्द तथा संगीतमा गायक कुलराज डिसीको गीत “सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन माया नमार ।” दर्शक-श्रोता माझ आएको छ । गीतलाई सेकाई इन्टर्टेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
कलकलाउँदो उमेरमा नै हो माया सप्रिने साथै सप्रिएको मायालाई सार्थकतामा बदल्ने अनि बाचा-कसम खानु र त्यसलाई नतोड्नु मूल कुरा हाे । कुनै एक जहाँसुकै होस् सच्चा दिलको कुराहरु गर्नेले जहिले पनि जीतको नतिजा निकालेरै छोड्छन् । आशा र भरोसा जीवनका अभिन्न पाटा हुन । यहि आशा र भरोसाको केन्द्रविन्दु बनेको गीत हाे “सानुमाया” । लोक लयलाई आधार बनाईएको यो गीत नेपाली लाेक तथा सुगम संगीतको लागि एक बलियो इंटा हो ।
गायक कुलराज डि.सी.को स्वरको आफ्नोपन र मिठासले शव्द तथा संगीतकार चेतनको चेतनालाई न्याय गरेको छ । गीतको भिडियो निर्देशन पनि चेतन राईले नै गरेका हुन् । भिडियोमा कलाकारहरु कुलराज डिसी, प्रनिमा दाहाल र प्रेमीका शर्मालाई देख्न सकिन्छ । गीतको उत्पादक सूर्य रुम्वा हुन् । मिक्सिङ तथा मास्टरिङमा सुवाश राई रहेका छन् । क्यामरा तथा सम्पादन फराज अर्पनको रहेको छ भने श्रृंगार दीया रिजालको रहेको छ ।