• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

बागचाैर नगरपालिका मेयरमा कांग्रेसका गाैतम र उपमेयरमा माओवादीकी डिसी विजय


५ जेठ, सल्यान ।

सल्यानकाे बागचाैर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका जनकराज गाैतम विजयी भएका छन् । माओवादी केन्द्रका कृति बहादुर पुनलाइ पराजित गर्दै गाैतम मेयरमा विजयी भएका हुन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी विजयी भएकी छन् ।

१२ वटा वडा रहेकाे बागचाैरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार