• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सुरेन र प्रतिमाको ‘राधा प्यारी’मा प्रिन्स र गरिमा (भिडियोशहित)


काठमाडौँ – गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ। भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन्।

भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन्। एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन  र कलरिङ मिलन विश्वकर्माले गरेका हुन्।

भिडियो हेर्नुहोस : 

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार