असार २३, सल्यान ।
नेपालमा पहुँचयुक्त शैक्षिक स्रोतहरुको विस्तार (LEARN) परीयोजना अन्तरगत सिकाकाईको समावेशी ढाँचा सम्वन्धी ३ दिने शिक्षक तालिम शारदा नगरपालीका ६ वरला सल्यानमा सम्पन्न भएको छ ।
१ देखी ३ कक्षा सम्मका कार्यगत सिमितता तथा अपाङ्गता कारण पढाईमा कमजोर भएका वालवालिकाहरुको पठन र भाषिक सीपमा सुधार गर्ने तथा अपाङ्गता भएका बालबालिकाहरुलाई मुलधारका कक्षा कोठामा सक्रिय सह्भागी गराइ रमाइलो तरिकाले पढाई प्रबर्धन गर्नेको लागि तालिमको आयोजना गरिएको थियो ।
सुचना प्रविधिमा आधारीत UDL अबधारणगत कक्षा शिक्षणले सबै बालबालिकाहरु सिक्न सक्छन अब धारणालाई कक्षा शिक्षणमा प्रयोग गर्ने र विशेश गरी बौद्धिक दृष्टि तथा हेराइ तथा सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूलाई पढाई सिपमा सुधार गर्ने सकिन्छ भन्ने उदेश्यमा रहेर प्राथामिक लेवलका १ देखी ३ कक्षा सम्म पढाउने २० जना शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको हो ।
विश्व शिक्षाको प्राविधिक सहयोग तथा अपाङ्ग सशक्त्तीकरण केन्द्र DEC सुर्खेतको आयोजनामा सञ्चालित परियोजना तालिम मिति २०७९ असार २० देखी सुरु भएर २२ गते सम्म सञ्चान भएको थियो ।
सिकाई परीयोजना लागु भएका सल्यान जिल्लाका ३ वटा पालिका शारदा नगरपालीका सिध्दकुमाख गाँउपालीका र छत्रेश्वरी गाँउपालीकाका २० वटा स्कुल मध्ये वाट १० वटा सरकारी स्कुलका १ जना महिला शिक्षक तथा १ जना पुरुष शिक्षक गरी २० जना शिक्षकहरुलाई सहभागिता गराएको थियो।
परिस्थति सुहाउँदो भाषिक र पठन सीपको सुधारका लागि उपयुक्त शैक्षिकप्रविधिकोसहयोगबाटअपाङ्गता भएका वालवालिकाहरू तथा अन्य १ देखी ३ कक्षा सम्का ति परियोजना लागु भएका विद्यालका सम्पर्ण वालवालीकाहरु लाभान्वित हुनेछन् ।
अपाङ्गताभएका वालवालिकाको भाषागतबिकासरपढाईस्तरमाबृधिगर्नेUDL र शिक्षा प्रविधि सम्बधी समेत प्रयोग हुने गरी वालवालिकाहरुलाई भाषागतरपढाईस्तरमा विकाश गर्नेको निम्त्ती तालिममा सहभागि विद्यालयहरुलाई १ विद्यालय वरवार २९ प्रकारका शैक्षिक सामाग्रिहरु हस्तानतरण गरीएको थियो ।
शैक्षिक सामाग्रिहरु तालिम समापनमा कार्यक्रम प्रमुख अतिथिको रुपमा उपस्थित छत्रेश्वरी गाँउपालीकाकी उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गर्नु भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी बुद्ध कुमारी खत्रीलेतालिम प्राप्त शिक्षकहरुलाई आफुले सिकेका कुराहरु विद्यालमा गएर अरु स्टाप सरहरु र वालवालिकाहरुलाई सिकाउने कुरामा कत्ति पनि कञ्जुसाई नगर्ने आग्रह गर्नु भयो र आफुहरुले पनी आप्नो गाँउपालीकामा अगामी दिनमा यस्तो प्रकारको योजना समावेश प्रतिवद्धता जनाउनु भयो ।
३ दिन सम्म आफुले सिकेका कुराहरुको अनुभव वारेमा वोल्दै जनता मा वि वुरासेकी शिक्षिका टिका वलीले आफुले तालिमको वारेमा पहीला सोचे भन्दा फरक नयाँ तरीकाले तालिम सिक्न पाएको र यो तालिम सबै जनाले सिक्नु पर्ने र आफुले तालिममा सिके अनुसार विद्यालमा गएर आप्नो ज्ञान तथा सिप प्रयोग गर्ने वताउनु भयो ।
यस्तै अर्का तालीममा सहभागी शिवजन मा वि शितलपाटि सल्यानका पुर्ण दृष्टी विहिन शिक्षक राजेश कुमार अर्यालले समावेशी शिक्षा पढाउन अर्के फरक र अप्ठयो हुन्छकी जस्तो लागेको थियो तर आफुले यो वारेमा तालिम पाए पछी त्यस्तो नभएर यो त ज्यादै महत्वपुर्ण र सजिलो र वुझने तरिकाले पढाउन सकिदो रहेछ भन्ने कुरा सिकेकोमा आफु ज्यादै खुशी भएके अनुभव व्यक्त्त गर्नु भयो ।
तालीममा मान वहादुर वुढाथोकी भावना वुढाथोकी र ग्रिस ठाकुर ३ जना प्रशिक्षकले शिक्षकहरुलाई तालिम दिनु भएको थियो । ३ दिन सम्मको प्रशिक्षकको रुपमा तथा आफुले सह भागी शिक्षकहरुलाई तालिम दिदाको अनुभवको वारेमा वोल्दै प्रशिक्षक मान वहादुर वुढाथोकीले सिकाकाईको समावेशी ढाँचा सम्वन्धी तालिम दिन पाउदा आफु खुशी भएको र यो तरीकाले कक्षामा शिक्षण गराउदा वालवालीकाहरुले रमाएर आन्नद लिएर पढ्ने र शिक्षकहरुलाई पनि आफुले ३ दिन सम्म तालिम सिकेका आधारमा सिकाउन र अरु शिक्षकहरुलाई पनि विद्यालयमा गएर आप्नो ज्ञान वाढ्न आग्रह गर्नु भयो
यस्तै समापन कार्यक्रमका संञ्चालक तथा अपाङ्ग सशक्त्तिकरण सुर्खेतका सिकाई प्रयोजनाका कार्यक्रम समंयोजक खिम रेग्मीले शिक्षकहरुलाई तालिम तालिममा मात्रै सिमित नगरेर व्यवहार तथा विद्यालयमा गएर आफ्ना वालवालीकाहरुलाई सावेशी ढाँचामा रहेर पढाउनुहुन सबै शिक्षकहरुमा अनुरोध गर्नु भयो ।
३ दिन सम्मको तालीम निकै उत्साहा र सक्रिय सहभागितामा समपन्न भयो ।