दाङ असार ,२५। लायन्स क्लब अफ दाङले आफ्नो क्लबका पुर्व अध्यक्ष माननीय स्वास्थ तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसिलाई र क्लबकै अर्का पुर्व अध्यक्ष राष्ट्रिय यातायात व्यावसायि महासघका केन्द्रिय सल्लाहकारलाई सुरेश हमाललाई सम्मान पत्रले सम्मान गरेको छ।
लायन्स क्लब अफ दाङका अध्यक्ष लायन भोजराज न्यौपानेको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा सम्मानित हुँदै राज्य मन्त्री के सि ले लायन्स क्लबले मानवीय सेवामा पुर्याएको योगदानको खुलेर प्रसम्सा गर्नु भयो।
आफूले अहिले अवसर र चुनौती दुईलाई एकै साथ लिएको र दङाली जनताको शिर ठाडो पार्ने कार्य आफुले गर्ने बताउदै स्वास्थ्य क्षेत्रमा देखिएको अन्योलता अन्य गर्न लागि परेको बताउनु भयो। आफू लायन्स क्लबको स्कुलिङ बाट आएको हुनाले स्वास्थ्य र सेवा क्षेत्रलाई आफुले बुझेको उहाले बताउनु भयो।
आफ्नो प्राथमिकतामा घोराहीको स्वास्थ बिज्ञान प्रतिस्ठान र राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर परेको बताउदै राज्यमन्त्रीले रिफर सेन्टरका रूपमा रहेका अस्पतालको सेवा बिस्तार गर्ने बताउनु भयो। लायन्स क्लबको जग्गा संरक्षक गर्ने तथा उपयोग गर्ने प्रसङ्गमा आफुले सक्ने र मिले सम्म केही रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो। अर्का पुर्व अध्यक्ष तथा सम्मानित ब्याक्तित्व सुरेश हमालले आफ्नो कार्यकालमा क्लब को भवन निर्माण गरेको प्रसङ्ग लिदै क्लबले सक्रियता बढाउदै लैजान सल्लाह दिदै आफुले गर्न सक्ने पहल गर्ने जनाउनु भयो। माननीय राज्यमन्त्री तिर इसारा गर्दै हमालले क्लबको सबै स्थिती बुझेका पुर्व अध्यक्ष मन्त्री भएको बेला क्लबले आशा गर्नु स्वभाविक भएको बताउनु भयो। क्लबका निवर्तमान अध्यक्ष लायन गणेश अधिकारीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा उहाले राज्यमन्त्रीको छोटो जिवनी समेत प्रस्तुत गर्नु भएको छ।
कार्यक्रममा डिस्ट्रीक्ट चिप लायन ललित जङ शाह, लायन टेकन कंडेल , एरिया चिप लायन धुर्व गौतम लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रम सचिब लायन पुर्ण बहादुर भण्डारीले संचालन गर्नु भएको थियो भने झन्डाको अभिवादन लायन देवराज गौतमले गर्नु भएको थियो। राज्यमन्त्रीलाई पन्चेबाजाले स्वागत गरिएको थियो।