• २०७९ माघ १६ गते सोमवार
  • Preeti To Unicode

भागीरथ चलाउनेको तिज गीत युट्युबको ट्रेडिङ नम्बर १ मा


असार २८, सल्यान ।

लाेकदाेहाेरी गाय भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङ नम्बर १ मा आएको छ । ५ दिनअघि युटुबमा अवलाेड भएकाे उक्त गीत हिजाेदेखि ट्रेडिङ नम्बर एकमा आएको हो ।

गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर दिएका छन् भने बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् । गीतको लय गायक चलाउनेकै रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा गायक चलाउने र चर्चित मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ । म्युजिक भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ । गीत भागीरथ चलाउनेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गायक भागीरथ चलाउनेका कसलाई सोध्नी होला, जाउँला बरिलै, फलाम पिटे तरवार, नरिसाउन कान्छु, थोपडाले धोका दियो बरिलै, कहिले बोल्छ देशलगायत थुप्रै गीतहरुले निकै चर्चा पाएका छन् ।

काे हुन् भागीरथ चलाउने ?

शिद्धकुमाख गाउँपालिका वडा नं. ३ मा वि.स. २०४९ साल चैत्र २४ गतेको दिन बुबा नरबिर चलाउने र आमा लाली चलाउने कोखबाट जन्मीएका भागीरथ चलाउने केहि बर्ष युवा गायकको रुपमा चिनीए ।

समधुर स्वरका धनि, माया प्रेम अनि भावनात्मक गीतका शब्दहरुमा मेल खाने उनको आवाजले धेरै बजार जमायो । हरे शिव राम, कसलाई सोध्ने होला, दिल चोरेको केसमा, मन त पराउछिन, माया जोख्ने तुलो, बेशी गाउँको रोधीमा, जाउँला बरिलै, फलाम पिटे तरवार, नरिसाउन कान्छु, थोपडाले धोका दियो बरिलै जस्ता चर्चित गीतमा आवाज भरेका भागिरथले जुन गित गायका छन् त्यहि गित नै हिट हुने गरेको छ ।

२०६७ साल देखि सांगितीक यात्राको सुरुवात गरी १६ बर्षको उमेरमा पहिलो गीत मलेशिया साउदी दुवै छु बोलको आफ्नै आवाजमा रेकर्ड गराए सँगै उनि चर्चामा आएपनि पछि गएर कसलाई सोध्ने होला भन्ने गीतले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार