• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुर एकाडेमीमा गुरु पुर्णिामा विशेष कार्यक्रम सम्पन्न


असार २९, दाङ ।
आज गुरु पुर्णिामाको अवसरमा तुलसीपुर एकाडेमीले कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका सदस्य भावना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीले आफ्ना गुरु संग आशिर्वाद लिएका थिए र गुरुलाई सम्मान स्वरुप विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

कार्यक्रममा बिद्यालयका पृन्सिपल भागवत भट्टराई , बिद्यालय ब्यबस्थापन समितिका सदस्य माधब पोख्रेल, शिक्षक खिम भट्टराई लगायतले गुरु पुर्णिामाको महत्त्व , बिद्यार्थी र गुरु बीचको सम्बन्धको बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा बिद्यार्थीहरुले गुरु पुर्णिामा विशेष रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक पूर्ण केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार