• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

अमर वान्तुको ‘काठे भाकैले’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं,असार ३२ । स्रष्टा अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता/दर्शकले मन पराउनेमा आशावादी छौ’, सर्जजक बान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीतलेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार