भुवन केसी
मान्छेहरुको आ-आफ्नै खालका फरकफरक स्वभाव हुन्छ । मान्छेहरुको स्वभावलाई आफु जन्मे हुर्केको गाउँपरिवेश र त्यहाँकाे संस्कार, संस्कृति, रहनसहन, चालचलन, बोली ब्यवहार इत्यादि कुराहरूले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यही फरकफरक संस्कार र संस्कृति भएकै कारण होला नेपाललाई विभिन्न जातजाति तथा भाषाभाषिको देश भन्ने गरिन्छ ।
पुर्व मेची देखि पश्चिम महाकालीसम्म देशका जुनसुकै कुनामा बस्ने मान्छेकाे आ-आफ्नौ पहिचान छ । हामी सबैको सोचाइ र बुझाई पनि आ-आफ्नौ खालकाे छ । संसारमा एउटै साेचाइ र बुझाएकाे व्यक्ति काेहि हुन पनि हुँदैन् । सबैका आ-आफ्नै विशेषाता हुन्छन् ।
कोही कसैको गरिब दिनदुखीहरुलाई सहयोग गरि समाजसेवा बन्ने र प्रतिष्ठा कमाउने विशेषता हाेला । कोही कसैको अरुको रिस डाहा गर्ने, कुभलो चिताउने, अरुको मजाक उडाउने खालको स्वभाव होला । मान्छेहरुको स्वभाव कस्तो होला भनेर थाहा पाउन उसले गर्ने कार्य तथा देखाउने क्रियाकलाप र ब्यवहारमा भर पर्दछ।
मान्छेहरु कस्ता हुन्छन् भनेर थाहा पाउनको लागि पहिला उसको ब्यवहार र कार्य हेर्नु पर्दछ । बिना संगत मान्छे चिन्न गाह्रो पर्छ छ । आज भोलिका धेरैको ब्यवहारलाई देख्दा स्वार्थ अनि घमण्डले भरिएको जस्तो लाग्छ। उनिहरुको पैसा र बैँस जिन्दगीभर रहिरहने हो कि जस्तो व्यवहार देखाउछन् ।
खासमा पैसा र बैँस भन्ने कुरा सधैभरी रहदैन । सबैभन्दा ठुलाे कुरा आफु रहदासम्म राम्राे कार्य गर्नुपर्छ । जन्मेपछि मृत्यु अवश्य हुन्छ । त्यस्तैले मृत्युपछि लिने केहि हाेइन् । घरपरिवार, समाज, साथीभाइ, आफन्तहरुलाे सम्झिने सम्झना राख्ने खालकाे कार्य गर्नुपर्छ ।
अरुकाे धेरै डाहा, रिस पनि नगरौ । कसैसँग पछि गएर बोल्नको लागि कुनै बहाना खोज्न परोस । भनिन्छ नि घोच्ने काडाहरु भन्दा खतरनाक हुन्छन बोलीने बचनहरु । काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ ।
यही बेला मलाई एउटा नेपाली गित याद आयो ‘रुखो बोली न बोल निरमाया बचनको घाउ निको हुदैनन् ।’ त्यसैले बोल्नु भन्दा अगाडि सोच्न जरुरी छ ।
हिजोको कुरा के थाहा बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र पो होकि । भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो । सुख त आफुले मेहनत गरेर पाउने हो । देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।
कहिलेकहीँ मन मा पिडा हुँदा नि हाँस्नु पर्ने हुन्छ । किनभने आजका मान्छेहरु अरुले पिडा पनि हाँस्न बाध्य बनाएका हुन्छन् । अरुको दुखलाई मजाक सम्झेर हाँसी रहेका हुन्छन् । बोलीमा मिठास हुन्छ । भित्रको कुरा कसलाई के थाहा हुन्छ ।
जब मनमै कालोपन भएपछि त्यसैले भनिन्छ एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ । त्यसैले गहिरिएर सोचौं जीन्दगीमा हमेशा यस्तो मान्छे छानौ जसको मन अनुहार भन्दा बढी राम्रो होस । अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नुहोस् ।
त्यसैले कुनैपनि नकारात्मक सोच भएका मानिसहरू बाट टाढै बसौं । अरु मानिसलाई आफ्नो सकारात्मक पाटो मात्र देखाउनुस् । सबै प्रती दया र सम्मान ब्यवहार देखाउनुहोस् ।
अरुले मानिसहरू जस्तो गर्छन् त्यस्तै रूपमा स्वीकार गर्नुस् ।
अरुलाई प्रोत्साहित र उत्साहित बनाउनुहोस् । अरुको निम्ति केही न केही सानै भएपनी सहयोग गरिदिनुस् । सधै इमान्दारी बन्नुहोस् ।आफ्नो अपुर्णाता मै पुर्णाता खोज्नुहोस् । मानिसहरूलाई क्षमा दिन सिक्नुहोस् । तपाईंसँग सम्बन्धित सबैसँग सम्पर्कमा रहनुहोस् । आफ्नो बाचा निभाउनुहोस्, अनि सत्य बोक्नुहोस् ।
अरुबाट तपाईं जे चाहनुहुन्छ त्यो अरुलाई पनि दिनुस् । काम अनुसारको कुरा गर्नुहोस, कुरा अनुसारको काम गर्नुहोस् । अरुलाई आफ्नै मौलिक निर्णय लिन सहयोग गर्नुहोस्, आफ्नो निर्णय नलाद्नुहोस् । थोरै बोल्नुहोस्, धेरै सुन्नुहोस् ।
मुर्खहरु सित कहिल्यै तर्क नगर्नुस्, त्यस्ताबाट बच्नुहोस् । आफ्नो बाचा अनि सम्बन्धहरुलाई इमानदारीपूर्वक निभाउनु होस् । को साँचो कुन क्षणिक मित्र हो त्यो छुट्टाउनुहोस् र सोही अनुसार व्यवहार गर्नुहोस् । कसैलाई पनि तुच्छ गाली गलौज वा अपमान नगर्नुहोस्, त्यसैले गलत दिशामा गइरहेको भिडको पछि लाग्नुभन्दा एक्लै हिडनु बुद्धिमानी हुन्छ सक्नुहुन्छ भनेपछि सफलताको लागि एकलै लडनु होस् ।