साउन १३, काठमाडौं ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज प्रतिवेदन बुझाएको छ । १७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय बिताएको सभापति लक्ष्णलाल कर्णले बताएका छन् ।
१२९ पेजको उक्त प्रतिवेदनमा जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ । मूल प्रमाणमा रुपमा रहेको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेपछि बाहिरबाट अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको समितिले पुष्टि गर्न सकेन।
समितिले छानबिनका लागि जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो। तर अभिलेख नभएको भन्ने जानकारी आएपछि समितिले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई फुटेज रिकभरका लागि पठाइयो।
प्रहरीले सो मितिका ५१ वटा सिसिटिभी फुटेजका सिंगल फ्रेम क्लिप समितिलाई उपलब्ध गरायो जुन चलायमान फुटेज होइन। त्यसपछि समितिले ठहर गर्यो, ‘बाहिरबाट अनधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन।’
यस्ताे छ सीसीटीभीबारे प्रतिवेदन