बनगाडमा शिक्षक परिक्षा विवाद प्रकरण : शिक्षा शाखा प्रमुखमाथी विद्यालयले लगायाे ५ आराेप


साउन १४, सल्यान ।

सल्यानकाे बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ७ सिम्तिगैरा स्थिति बाल कल्याण प्राथमिक विद्यालयमा रिक्त रहेको राहत शिक्षककाे लागि भएकाे परिक्षाकाे विवाद सतहमै देखा परेकाे छ ।

आफुले बनाउन चाहेको मान्छेले नाम ननिकालेपछि विव्यस अध्यक्ष, प्रधानध्यापक सहित विषय विज्ञहरु परिक्षा स्थलबाट नतिजा रोकेर भागेकाे आराेप नगर शिक्षा शाखाले लगाइरहदा विद्यालयले शिक्षा शाखा प्रमुखमाथी अर्काे आराेप लगाएकाे छ ।

शनिबार विद्यालयले एक विज्ञप्ती जारी गरेर शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापालाइ ५ वटा आराेप लगाएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी सार्की र प्रधानाध्यापक वाेधिराम रावतले जारी गरेकाे विज्ञप्तीमा शिक्षा शाखा प्रमुखले गलत कार्य गरेकाेले आफुहरु परिक्षा राेकेर बाहिरिएकाे बताएका छन् ।

शिक्षा शाखा प्रमुखले परिक्षार्थीहरुबाट वस्तुगत पत्र आफैले उठाएकाे, विषय विज्ञ भन्दा पहिले नै १२ वटै परिक्षार्थीकाे वस्तुगत पत्रमा राताे संकेत गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

त्यस्तै विषय विज्ञहरुले प्रअलाइ वस्तुगत नतिजा विवरण नदिदै सुचना लेख भनि दबाब दिदै प्रअलाइ अनैतिक शब्द प्रयाेग गरेकाे, विव्यसले राखेका विषय विज्ञहरु भएकाे ठाउँमा अनाधिकृत व्यक्तिहरु प्रवेश गराइ प्रश्न पत्रकाे गाेपनियता र विश्वनियतालाइ खलल पुर्याइएकाे पनि शिक्षा शाखा प्रमुखमाथी विद्यालयले लगाएकाे छ ।

२ जना परिक्षार्थीकाे नाम शिक्षा शाखा प्रमुखले गलत कार्य गरेकाेले आफुहरु परिक्षा राेकेर बाहिरिएकाे एकाेमा एकै जनाकाे लागि सुचना लेख भनेर प्रअलाइ दबाब दिएकाे पनि विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

शुक्रबार भएकाे परिक्षामा १२ जना सहभागी रहेका थिए । परिक्षा सकिएर नतिजा सार्वजनिक भएपछि विव्यस अध्यक्ष, प्रधानध्यापक सहित विषय विज्ञहरु परिक्षा स्थलबाट नतिजा रोकेर भागेका थिए ।

यसबारेमा शिक्षा शाखा प्रमुख धुर्वा कुमारी थापाले प्रधानाध्यापक र विव्यस अध्यक्षले बनाउन चाहेकाे मान्छेकाे नाम ननिस्किएपछि परिक्षा रद्द गर्ने उदेश्यले त्यहाँबाट भागेको बताएकी छन् ।

याे पनिः सल्यानको एक विद्यालयमा आफुले बनाउन चाहेको शिक्षक फेल भएपछि परिक्षा रद्द

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार