• २०७९ मङ्सिर २२ गते बिहिवार
  • Preeti To Unicode

प्रेस सेन्टरमा ६१ जनाकाे पदाधिकारी : १९ जना उपाध्यक्ष, २७ जना सचिव


साउन १४, काठमाडौं ।

माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ ।

यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको चाैथाे महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

चाैथाे महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा १९ जना, उपमहासचिवमा १० जना र सचिवमा २७ जना चयन भएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार