चोलेन्द्रले भने- ‘कान्तिपुरका कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ’


भदाै २७, काठमाडौं ।

निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालमा हरेक किसिमका काममा हस्तक्षेप गरेर निर्णय गराउने कान्तिपुर मिडिया रहेकाे आराेप लगाएका छन् । कान्तिपुरका मालिक कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ भन्दै उनले ब्यांगे समेत हानेका छन् ।

उनले संसदीय समितिमा उपस्थित भएका उनले भने, ‘कान्तिपुरका कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ, अरु पत्रकारलाई न्यायाधीश बनाइदिए हुन्छ । वरिष्ठ वकिललाई न्यायाधीश र प्रधानन्यायाधीश बनाइदिए हुन्छ । हामीले पनि हेरौँ न ।’

उनले केही ठूला पत्रकार, लगानीकर्ता र वलिक नै मुद्दाको दलालीमा सक्रिय रहेको खुलासा गरे । “ठूला पत्रकार र लगानीकर्ता दलालीमा सहभागी हुनुहुन्न ? तीनका हकमा सम्पत्ति शुद्धीकरण लाग्दैन ?,” उनले प्रश्न गरे, “प्रधानन्यायाधीशलाई सम्पत्ति शुद्धीकरण लाग्नुपर्छ भनेर लेख्ने पत्रकार र तिनका साहुजीलाई सम्पत्ति शुद्धीकरण लाग्दैन ? मेरो सबै सम्पत्ति छानबिन होस् । परिवारको सम्पत्ति छानबिन होस् । मैले सम्पत्ति विवरण सार्वजनिक गरेकै छु । फेरि पनि छानबिन होस् ।”

“प्रधानन्यायाधीशको मेरो कार्यकालको अडिट गरियोस् । त्यसअघि र पछि पनि गरियोस् । न्यायालय खरिद बिक्री गर्ने गिरोहलाई भेट नदिएका कारण बृहस्पती एक्लो भयो,” राणाको भनाई थियो, “मुद्दामा चलखेल गर्ने वकिल होइनन् ? म प्रधानन्यायाधीश भएपछि कुन व्यापारीलाई भेटेँ ? कुन कानुन व्यवसायी भेटेँ ? अदालतलाई चिढ्याउने र ध्वस्त गर्ने काम नगर्नुस् भनेर पत्रिकाका सम्पादक र मालिकलाई बोलाएर पनि भनेँ । तर मान्नुभएन ।”

आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् । उनले यो उजुरी नै आफू र आफ्नो परिवारको बदनामका लागि भएको बताए ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार