• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

दार्मा गाउँपालिकामा नक्कली मार्कसिट पेश गरेर जागिर खाने राेकायविरुद्ध मुद्दा दायर


भदाै २९, सल्यान ।

सल्यानमा पुर्व वडाध्यक्षका छाेराले नक्कली मार्कसिटहरु पेश गरेर जागिर खाएकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विषेश अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे छ ।

दार्मा गाउँपालिका वडा नम्बर ३ का पुर्व वडाध्यक्ष सेतिराम राेकायका छाेरा विष्णु राेकायले नक्कली मार्कसिटहरु राखेर दार्मा गाउँपालिकामा जागिर खाएकाे उअख्तियारले जनाएकाे छ । राेकायले गाउँपालिकामा करार सव-इन्जिनियरमा जागरि खाएका थिए ।

उनले २०७४ पुस १६ देखि २०७६ जेठ ८ गते सम्म करारमा नियुक्ति भई काम गरेकाे अख्तियारले जनाएकाे छ । रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन अख्तियारमा परेपछि यस विषयमा अख्तियारले अनुसन्धान सुरु गरेकाे थियाे ।

रोकायले नियुक्तिका वखत पेश गरेको Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरेकाे अख्तियार दुरुपयाेग अनुन्धान आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

रोकाय उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

याे कसुरमा दाेषी ठहरीयमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेकाे छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार